१७ माघ २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

विवादकाबीच मेचीनगरमा युवा संघको सपथ ग्रहण

फाल्गुन ७, २०८०, ४:४४ .सोमवार
0
0
0
SHARES
399
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ७ फागुन । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार मेचीनगर–१० स्थित टाउन हलमा सम्पन्न कार्यक्रममा मेचीनगर कमिटीसंगै नगरका पन्ध्रवटै वडाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ गराइएको हो ।

युवा संघ मेचीनगर कमिटी शुनिल राजवंशीको नेतृत्व रहेको छ । केही समयअघि मेचीनगरको पन्ध्रवटै वडा कमिटीसंगै राष्ट्रिय युवा संघ मेचीनगर कमिटी गठन भएको थियो ।

उनीहरुलाई आज नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य तथा बागमतीका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रसाई, केन्द्रीय सल्लाहकार परिषद सदस्य भिम खवास, एमाले नेता तथा मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, केन्द्रीय सदस्य तथा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, जिल्ला कमिटी सचिव शिव ढुंगेल, मेचीनगर अध्यक्ष राजु पोखरेल, राष्ट्रिय युवा संघ केन्द्रीय सचिव पर्वत भण्डारी, पूर्व सचिव राजु कार्की लगायतका नेतृत्वको सहभागिता रहेको थियो

यसैबीच उक्त सपथ ग्रहण कार्यक्रमको केहि युवा नेताहरुले सामाजिक सञ्जालमा विरोध गरेका छन् ।

राष्ट्रिय युवा संघ मेचीनगर कमिटी सचिवालय सदस्य एवम् वडा नम्बर २ का इन्चार्ज दिपेश लामाले फेसबुकमा यसरी स्टाटस लेखेका छन् –‘कथित राष्ट्रिय युवा संघको सपथ ग्रहण कार्यक्रम मनभावना भएको र विशुद्व गुटको कार्यक्रम भएकोले सम्पूर्ण न्यायप्रेमी युवा कमरेडहरुलाई सचेत गराउन चाहान्छौँ ।’

त्यसैगरी वडा नम्बर १ का इन्चार्ज एवम् नगर सचिवालय सदस्य सागर खड्का, वडा नम्बर २ का इन्चार्ज एवम् नगर सचिवालय सदस्य दिपेश लामा, वडा नम्बर ३ का इन्चार्ज एवम् नगर सचिवालय सदस्य मनोज सुब्बा, वडा नम्बर ५ का इन्चार्ज एवम् नगर सचिवालय सदस्य शैलेश श्रेष्ठ, वडा नम्बर ८ का इन्चार्ज एवम् नगर सचिवालय सदस्य सञ्जय माझी र वडा नम्बर १२ का इन्चार्ज एवम् नगर सचिवालय सदस्य सक्कु लामीछानेले राष्ट्रिय युवा संघ मेचीनगर कमिटीलाई संगठनको सर्वमान्य सिदान्तलाई लत्याउँदै गरेको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको कुनै औचित्य नै नरहेको भन्दै ध्यानाकर्षणसहितको पत्र हस्ताक्षर गरेर बुझाएको वडा नम्बर १ का इन्चार्ज खड्काले बताए ।

उनका अनुसार विवादबीच सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिएकोले त्यसको खुलेर खेद व्यक्त गर्दछौँ ।

उक्त कार्यक्रममा ८ वटा वडा सहभागी नभएको र १३ नम्बर वडा कमिटी समेतमा विवाद भएकोले सपथ ग्रहण स्वीकारै नभएको उनको दावी छ ।

पछिल्लो समाचार

जीवन बचाइदिन चुनादेवी सुवेदीको अपिल

अघिल्लो समाचार

हात्तीकाे आक्रमणबाट चन्द्रकुमारी घाइते

Related Posts

प्रहरी–प्रशासनका कारण झापा औद्योगिक व्यापार महोत्सव स्थगित
box -1

प्रहरी–प्रशासनका कारण झापा औद्योगिक व्यापार महोत्सव स्थगित

माघ १७, २०८२, ११:०४ .शनिबार
बाल विवाह रोक्न तीन पालिकामा अभिभावकसँग अन्तरक्रिया
box -2

बाल विवाह रोक्न तीन पालिकामा अभिभावकसँग अन्तरक्रिया

माघ १७, २०८२, १०:३८ .शनिबार
‘झापा गोल्डकप’ माघ २४ गतेदेखि
banner -2

‘झापा गोल्डकप’ माघ २४ गतेदेखि

माघ १७, २०८२, ९:५५ .शनिबार
प्रशासनले रोक्यो रास्वपाको घरदैलो कार्यक्रम
banner -1

प्रशासनले रोक्यो रास्वपाको घरदैलो कार्यक्रम

माघ १७, २०८२, ९:१७ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.