सुरुङ्गा, १४ फागुन । कनकाई नगरपालिकामा प्रथम साहित्य महोत्सव सुरु भएको छ ।
कला, संस्कृति तथा साहित्य क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले कनकाई–३ स्थित सुरुङ्गामा साहित्य महोत्सव सोमबारदेखि सुरु भएको हो ।
कला महोत्सवको वरिष्ठ कलाकार निरविक्रम शाहले उदघाट्न गरेका थिए । महोत्सव तीन दिनसम्म सञ्चाला हुनेछ ।
रोटरी क्लव अफ सुरुङ्गाको आयोजनामा सुरु भएको महोत्सवमा स्थानीय र राष्ट्रिय साहित्यकारहरुले आफ्नो रचना वाचन गर्ने छन् । कलाकार हिम्मत नेम्बाङ्ग र पूर्व प्राज्ञ पवन राजवंशीको एकल चित्र तथा मुर्तिकला प्रदर्शनी हुनेछ ।
साहित्यकारहरु तुलसी दिवश, अर्जुन पराजुली, प्रा.डा.रामप्रसाद ज्ञवाली, देवी नेपाल, मनु मञ्जिल, धिरेन्द्र प्रेमर्षि, प्रदिप रोदन, लक्ष्मण गाम्नाङ्गे, कुन्ता शर्मा, सुमन स्मारिका, हरिमाया भेटवाल, शिशिर योगी तथा कलाकारहरु मनोज गजुरेल, रचना रिमाल लगायतले गीत तथा कविता लगायातका प्रस्तुतिहरु रहने आयोजक समितिका अध्यक्ष शिव कडेँलले बताए ।
कला महोत्सव हरेक ३ बर्षमा नियमित गरिने आयोजक समितिका संयोजक अखिल कोइरालाले बताए । कार्यक्रममा कलाकार निरविक्रम शाहले मानवजातिको उत्थान र प्रवद्धनमा यस्ता कला महोत्सवबाट मानव जिवनलले उत्प्रेरणा प्राप्त गर्ने बताए ।
कार्यक्रममा कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल, झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलिया, समाजसेवी शेरबहादुर थापा लगायातले शुभकामना मन्तव्य राखेका थिए ।
साहित्य महोत्सव सुरुङ्गा स्थित बाणिज्य संघको हल, कनकाई बहुमुखी क्याम्पस लगायातका स्थानमा आयोजना गरिने रोटरी क्लबका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले बताए ।
Discussion about this post