मेचीनगर, १५ फागुन । आउँदो फागुन २० गतेदेखि मेचीनगरमा दादुरा–रूवेला खोप लगाउने अभियान सुरू गरिने भएको छ ।
आज मेचीनगर नगरपालिका कार्यालयकाे सभा हलमा नगरकाे स्वास्थ्य शाखाले आयोजना गरेकाे दादुरा-रूवेला खाेप यहि फागुन २० गतेदेखि मेचीनगरमा सुरू गरिने भएको हाे ।
मेचीनगरका ९ महिनादेखि १५ वर्ष सम्मका बालबालिकालाई उक्त खाेप लगाउने तयारी गरिएको स्वास्थ्य शाखा प्रमुख सविता सापाकाेटा निराैलाले बताइन् ।
उनले नगरका ३३ हजार बालबालिकालाई उक्त खाेप लगाइने बताइन् ।
´विशेष गरेर लक्षित वर्ग स्कुलका विद्यार्थी हुन्`, निराैलाले भनिन्- ´स्कुलका विद्यार्थी बाहेक बाहिरका बच्चाहरूलाई पनि सम्बन्धित केन्द्रका स्कुलमा नै खाेप लगाइनेछ ।`
फागुन २० गतेदेखि सुरू खाेप २९ गतेसम्म अभियान सञ्चालन हुनेछ भने खाेप लगाउन छुटेकाहरूलाई फागुन ३० गते स्वास्थ्य केन्द्रमा लगाइने उनले बताइन् ।
नगरका स्वास्थ्य केन्द्र र स्कुलसहित १०६ वटा केन्द्रबाट खाेप लगाइने जनाएकाे छ । झापा पूर्णरूपमा खाेप लगाएकाे जिल्ला पर्छ ।
सन २०२६ सम्ममा नेपाललाई पूर्णरूपमा खाेप लगाइसकिने बताएकाे छ । नुवाकाेट, पर्सा, राैतहट र महाेतरी जिल्लामा खाेप अभियान भने बाँकी रहेकाे छ ।
नेपालमा ५२ प्रतिशतले पूर्णखाेप लगाएकाे, १६ प्रतिशतले आंशिक लगाएकाे, २८ प्रतिशतले लगाएकाे तर तथ्याङ्क नभएको र ४ प्रतिशतले खाेप नलगाएकाे पाइएकाे छ ।
मेचीनगरमा गत वर्ष २०८९/८० मा २ वर्ष मुनिका १०६ प्रतिशत बच्चाहरूले नियमित दादुरा- रूवेला खाेप लगाएकाे स्वास्थ्य शाखाले बताएकाे छ ।
त्यसबेला झापामा मेचीनगर तेस्राे भएकाे थियाे । बुद्वशान्ति गाउँपालिकाका १२६ प्रतिशतले उक्त खाेप लगाएर पहिलाे भएको थियाे भने बिर्तामोड नगरपालिकाका १२५ प्रतिशत बच्चाले खाेप लगाएका थिए ।
मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत हाेमनाथ भण्डारीले स्वास्थ्य नागरिक भए मात्र देश स्वास्थ्य हुने भएकोले राष्ट्रिय अभियानलाई सफल पार्न सबै लाग्नु पर्ने बताए ।
Discussion about this post