मेचीनगर, १६ फागुन । नेकपा एमाले मेचीनगर कमिटीले आयोजना गरेको अन्तर जनसंगठन हाजिरी जवाफ प्रतियोगिताको उपाधि अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मेचीनगरले जितेको छ ।
बुधवार ५१औं सहिद दिवसको अवसरमा मेचीनगर-८ स्थित श्री कृष्ण व्यास आश्रममा आयोजित हाजिरी जवाफ प्रतियोगितामा नेकपा एमाले सम्बद्ध ९ वटा जनसंगठनले प्रतिष्पर्धा गरेका थिए ।
जसमा अनेरास्ववियुले २४ अंकसहित पहिलो स्थान हासिल गर्न सफल भयो । प्रतियोगितामा अखिल नेपाल किसान महासंघ १७ अंकका साथ दोस्रो र राष्ट्रिय युवा संघ नेपाल मेचीनगर १५ अंकका साथ तेस्रो भयो ।
त्यस्तै स्वतन्त्र मजदुर संगठन १३ अंकका साथ सान्त्वना हुँदा स्वतन्त्र मजदुर संगठन १३, स्वतन्त्र मजदुर संगठन १३, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ ११, अखिल महिला संघ १०, उत्पीडित जाती मुक्ति समाज १०, रिटनी फेडेरेस १० र भूमि अधिकार तथा श्रमिक संगठन नेपालले ५ अंक जोडेका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समुहलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइराला, विशिष्ट अतिथि केन्द्रीय सल्लाहकार परिषद् सदस्य बिष्णु प्रसाईं, हरिचरण बानिया, भिम खवास, एमाले कोशी प्रदेश कमिटी सदस्य देवकुमार राई, एमाले जिल्ला सचिवालय सदस्य हरिदास ढुंगाना लगायतका अतिथिहरूले पुरस्कार सहित प्रमाणपत्र वितरण गरे ।
शिक्षक लम्बोदर पौडेलले सहजीकरण गरेको हाजिरी जवाफ कार्यक्रममा सहभागी सबै प्रतिष्पर्धीहरूलाई आयोजकले प्रमाणपत्र वितरण गरेको थियो ।
अन्तर जनसंगठन हाजिरी जवाफ प्रतियोगिताको विजेताले अब झापा जिल्ला कमिटीले आयोजना गर्ने प्रतियोगितामा सहभागी जनाउने एमाले मेचीनगर सहसचिव डेनु मगरले जानकारी दिए ।
एमाले मेचीनगर अध्यक्ष राजु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले कोशी प्रदेश कमिटी सदस्य निरू परियार, जिल्ला सचिवालय सदस्य टीकाराम मग्रान्ती, रेणुका डाँगी उप्रेती, जिल्ला सदस्य भुपाल शिवाकोटी, सुवास मिजार, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ केन्द्रीय सदस्य तथा एमाले पूर्व जिल्ला सदस्य लालबहादुर थामी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम सञ्चालन नगर सचिव कञ्चन तामाङले गरेका थिए ।
Discussion about this post