शिवसताक्षी, १६ फागुन । झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि
कमल गाउँपालिकाले चुमेको छ ।
बिर्तामोड नगरपालिकालाई ३–१ गोल अन्तरले हराउँदै कमल गाउँपालिकाले उपाधि जितेकोे हो । खेलको पहिलो हाफमा कमल गाउँपालिकाका जर्सी नं. ९ का बाबुराम हस्ताले पहिलो गोल गर्दै
खेललाई अग्रता दिलाए ।
खेलको दोस्रो हाफमा बिर्तामोडका जर्सी नं. ७ का खेलाडी चुनु सोरेनले एक गोल गरे । त्यस्तै दोस्रो हाफमा कमलको बाबुरामले फेरि गोल गरेपछि बिर्तामोडलाई २ गोलको अन्तरले कमलले उपाधि हात पारेको हो ।
विजेता कमलले ७० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको बिर्तामोड नगरपालिकाले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वाधिक गोलकर्ताको रुपमा शिवसताक्षीका सचिन श्रेष्ठ घोषित भए । उत्कृष्ट मिटफिल्डर बिर्तामोड प्रभास थापा, उत्कृष्ट गोल रक्षक कमलका सागर यादव, सर्वोकृष्ट खेलाडी कमलका बाबुराम हस्ता र उत्कृष्ट डिफेन्डर कमलका विदुर लिम्बु घोषित भए । उनीहरुले जनही ५ हजारसहित ट्रफी प्राप्त गरे ।
कार्यक्रममा प्रतियोगिताको सहजकार्ताको रुपमा रहेका ३ जना रेफ्री र २ जना स्वास्थ्यकर्मीलाई आयोजक नगरपालिकाले कदर पत्र प्रदान गरेको छ ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महतरा प्रसाई, कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिं राई र शिवसताक्षी नगरपालिका मेयर मेगाहाङ्ग थोप्रा (रोशन)ले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन शिवतसाक्षी नगरपालिका प्रशासन प्रमुख डिल्ली नेपालले गरेका थिए ।
प्रतियोगिताको फाइनल खेल फागुन ११ गते हुने थियो । तर, फाइनल खेलमा गौरीगञ्ज गाउँपालिकालाई कमल गाउँपालिकाले मापदण्ड बाहिरका कर्मचारी खेलाएको भन्दै प्रोटेस्ट हालेको थियो ।
प्रोटेस्ट विवाद चुलिँदा रोकिएको थियो । त्यसैले फाइनल खेल बुधवार भएको हो । प्रोटस्टमा गौरीगञ्ज बाहिरिदा कमल गाउँपालिकाले फाइनल खेलमा भाग लिन पाएको थियो ।
प्रतियोगिता यही फागुन ४ गतेदेखि झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा सञ्चालन भएको थियो ।
Discussion about this post