झापा, १६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी चैत १६ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्ने भएको छ ।
यही फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको ४० बुँदे माग पूरा गराउन सबै जिल्लामा दबाबमूलक कार्यक्रम गर्ने र काठमाडौंमा जनसंघर्ष गर्ने निर्णय भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
बुधबार राप्रपाले राजधानीमा सबै जिल्लाको प्रतिनिधिमूलक आन्दोलन सम्बन्धी प्रशिक्षण आयोजना गरेको छ ।
प्रशिक्षणमा अध्यक्ष राजेन्द्र लिङ्देन, निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र, महामन्त्री एवम् आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शमशेर राणाले संघर्षको कार्यक्रमको खाकाबारे जानकारी गराएका थिए ।
राप्रपाले यही फागुन २३ गते जिल्ला तहमा तयारी बैठक र प्रशिक्षण, फागुन २८ गते संघीय र प्रदेशसभा निर्वाचन क्षेत्रमा, सबै स्थानीय तहमा तयारी बैठक, आगामी चैत ७ गतेसम्म सबै जिल्लामा प्रचारात्मक कार्यक्रम, घरदैलो, कोणसभा र साना ठूला सभा गर्ने प्रवक्ता श्रेष्ठले बताए ।
त्यस्तै चैत १० गते देशका मुख्य शहरमा मोटरसाइकल रÞ्याली, चैत १४ गते पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले राष्ट्रिय झण्डासहित राजधानीमा परेड प्रदर्शन गर्ने कार्यक्रम तय भएको उनले बताए ।
Discussion about this post