९ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सुखानीको विशेषांक विमोचन

शहिदको सपना पूरा भएको छैन : मन्त्री कार्की

फाल्गुन २१, २०८०, ४:२८ .सोमवार
0
0
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २१ फागुन । कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले शहिद र वेपत्ता परिवारको योगदानले अहिले युगान्तकारी परिवर्तन सम्भव भएको बताएका छन् ।

आज बिर्तामोडमा शहिद प्रतिष्ठान नेपाल झापाले शहिद स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले युगान्तकारी परिवर्तन गर्ने शहिद र वेपत्ता परिवारलाई राज्यले ध्यान दिनुपर्ने बताए ।

‘शहिदहरुले बोकेको सपना पुरा भएको छैन’, मन्त्री कार्कीले भने–‘नेतृत्वले बाटो भुल्न हुँदैन । उनीहरुको सपना पुरा गर्नुपर्छ । जनआन्दोलन र जनयुद्वबाट आएको लोकतान्त्रिक गण्तन्त्र व्यवस्थालाई स्थायित्व दिन सक्नु पर्छ । जनताले चाहेको जस्तो संविधान बन्न सकेन । कम्युनिष्टहरु एक ठाउँमा आएमात्र परिवर्तन सम्भव हुन्छ । अनि मात्र मुलुकलाई समाजवादमा लान सकिन्छ ।’

मन्त्री कार्कीले प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष राजु पाठकद्वारा प्रकाशित सुखानी सन्देशको विशेषांकको विमोचन समेत गरेका थिए । शहिद सप्ताहको अन्तिम दिनको अवसर पारेर विशेषांक विमोचन गरिएको हो ।

झापा विद्रोहसँग प्रत्यक्ष सम्बन्धित विभिन्न नेताहरूसहित शहिद परिवारका सदस्यहरू तथा उक्त घटनाका जानकारहरूको व्याख्या र विश्लेषणलाई पुस्तकमा समेटिएको छ ।

सुखानी सन्देशको मुख्य उदेश्य झापा विद्रोह र जनयुद्वले सिर्जित गरेको परिवर्तनलाई कम्युनिष्टहरु अब एक ठाउँमा उभिनै पर्ने अवस्था विद्यमान रहेको पाठकको भनार्य छ ।

पुस्तकको विषयमा पत्रकार मोहन काजीले समीक्षा गरेका थिए । उनले पुस्तक यथार्थ परक रहेको र एउटा ऐतिहासिक दस्तावेज भएको बताए ।

उनले सुखानीको विषयमा यसअघिका कृतिहरुमा केही आशंका र टिप्पणीहरू रहे पनि यस विशेषाङ्कमा यथार्थपरक लेखहरु समेटिएको बताए ।

झापा विद्रोहलाई नक्सलवादी आन्दोलनको प्रभाव रहेको भन्ने आलोचनालाई समेत यस विशेषांकले चिर्ने काम गरेको उनको भनाई छ । उनका अनुसार विशेषांकको उदेश्य कम्युनिष्टहरु एकजुट हुनुपर्छ भन्ने नै छ ।

म्यागजिन १५२ पृष्ठ रहेको छ भने वोजन झन्डै आधा केजीको छ । कार्यक्रममा झापाका ५ दर्जन भन्दाबढी शहिद तथा बेपत्ता परिवारका सदस्यहरुलाई सम्मान गरिएको थियो ।

पछिल्लो समाचार

मारवाडी युवा मञ्चको अध्यक्षमा ऋषभ मित्तल

अघिल्लो समाचार

प्रचण्ड र ओली २–२ वर्ष प्रधानमन्त्री

Related Posts

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने
banner -1

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने

माघ ९, २०८२, ११:४३ .शुक्रबार
कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह
banner -2

कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह

माघ ९, २०८२, १०:२७ .शुक्रबार
चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती
banner

चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती

माघ ९, २०८२, ९:१४ .शुक्रबार
अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
box -1

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.