१९ बैशाख २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापा गोल्ड कप

सोमबार उपाधिका लागि चर्च ब्वाइज र एपिएफ भिड्दै

फाल्गुन २६, २०८०, १:२५ .शनिबार
0
0
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २६ फागुन । आयोजक झापा ११ एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै चर्च ब्वाइज युनाइटेड झापा गोल्ड कपको छैटौँ संस्करणको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार बिर्तामोडस्थित डोमालाल राजवंशी खेलमैदानमा निर्धारित ९० र अतिरिक्त १४ मिनेटमा गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज झापा गोल्ड कपमा पहिलोपटक सहभागी हुँदै फाइनलमा प्रवेश गर्न सफल भएको हो । झापा यसअघिका पाँचै संस्करणमा फाइनल पुगेर पनि उपाधिबाट टाढा रहँदै आएको छ ।

पेनाल्टी सुटआउटमा चर्च ब्वाइजको लागि सुरज जिउ ठकुरी, विजय भुजेल, अबयोमी अलुवासेउन फकुन्ले र गोलकिपर तथा कप्तान दीप कार्कीले निर्णायक गोल गर्दै टोलीलाई फाइलनमा पुर्याएका हुन् । चर्च ब्वाइजका सर्ज डिकाको प्रहार झापाको गोलकिपर सुदिप लिम्बूले बचाए ।

झापाको लागि आदित्य शाक्य, विवेक पौडेल, आशिष चापागाईंले गोल गरे भने प्रदीप बुढाथोकीको प्रहार पोस्टमा लागेर फर्कियो । विदेशी खेलाडी मार्क जुनियर ह्यारिसनको प्रहार गोलकिपर दीप कार्कीले बचाएका हुन् ।

यसअघि १४ मिनेटको अतिरिक्त समयमा विजय भुजेलको प्रहार पोस्टमा लागेर फर्किएको थियो । पहिलो सात मिनेटमा फाकुन्लेको प्रहार झापाका रक्षकलाई लागेर फर्कियो । अतिरिक्त समयको दोस्रो हाफमा मार्क जुनियर ह्यारीसनले बक्सबाहिरबाट हानेको शक्तिशाली प्रहार गोलकिपर दीप कार्कीले बाहिर फ्याल्दै चर्च ब्वाइजको संकट टारेका थिए ।

चर्च ब्वाइजका फकुन्लेले गोलकिपर सुदिप लिम्बूलाई बिट गरेर प्रहार गरेको चिप रक्षक पेमा तामाङले क्लियर गरेका हुन् । यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । घरेलु टोली झापाको तुलानामा चर्च ब्वाइज बलियो देखिएको थियो । उसले बल पकड राख्दै दबाब बनाए पनि फाइनल थर्डमा चुकेको हो ।

पहिलो हाफमा भने दुवै टोली फिक्का रहे । खासै गतिलो अवसर बनाउन सकेनन् । खेलको ५१औँ मिनेटमा चर्चका अबायोमी अलुवासेउन फकुन्लेले हानेको शक्तिशाली प्रहार गोलकिपर सुदिप लिम्बूले बचाए । ५३औँ मिनेटमा सुरज जिउ ठकुरीेले करिब २५ यार्ड टाढाबाट हानेको प्रहार गोलकिपर सुदिपले पन्च गरेर बाहिर फ्यालेको हुन् ।

६३औँ मिनेटमा सुरजको पासमा विजय भुजेल बक्सभित्र बल पाए पनि सदुपयोग गर्न सकेनन् । एक मिनेट बाँकी रहँदा चर्च ब्वाइजका फाकुन्लेको प्रहार गोलकिपर सुदिपले उत्कृष्ट बचाउ गरे । निरज चौधरीले दिएको बल फाकुन्लेले बक्सभित्रबाट प्रहार गरे पनि सफल भएनन् ।

झापाले भने केही मात्र राम्रा अवसर बनाउन सक्यो । खेलको २६औँ मिनेटमा आशिष चापागाईंले हानेको प्रहार गोलकिपर दीप कार्कीले बचाए । ६२औँ मिनेटमा कप्तान पेमा तामाङले बनाएको सुन्दर अवसरमा झापा गोल गर्न चुक्यो । सोही अवसरमा आशिष चापागाईंले मिलाएको सुन्दर पासमा विदेशी खेलाडी मार्क जुनियर ह्यारिसन गोल गर्न चुक्दा घरेलु समर्थक स्तब्ध बनेका थिए ।

फाइनल खेलको प्लेयर अफ दि म्याच चर्च ब्वाइजका गोलकिपर दीप कार्की बने । उनले मेडलसहित ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । सोमबार हुने उपाधि भिडन्तमा चर्च ब्वाइजले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

शुक्रबार भएको पहिलो सेमिफाइलनमा एपिएफले अर्काे विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० ले पराजित गरेको थियो । फाइनलमा प्रवेश गरेसँगै दुवै टोलीले कम्तिमा सात लाख पक्का गरेका छन् ।

फागुन १९ बाट सुरु भएको प्रतियोगिताको विजेताले १३ लाख तथा उपविजेताले सात लाख रुपैँया प्राप्त गर्नेछन् । यसैगरी विधागततर्फका खेलाडीले २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । यसअघि भएको पाँचमध्ये चार संस्करण आर्मी र एक संस्करण मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । मनाङले पहिलो संस्करण जित्दा त्यसयता आर्मी च्याम्पियन हुँदै आएको थियो ।

खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा झापाका प्रशिक्षक अंगुरकुमार खड्गीले रेफ्रीको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले सोझै १४ जना र ११ जना खेल्नुपरेकाले जित निकाल्न नसकेको आरोप लगाए । ‘हार जित त हुन्छ तर रेफ्रीले निष्पक्ष खेल खेलाउन सकेनन’, उनले भने ।

फाइनल प्रवेशका लागि आफ्नो टिमले आशातित खेल प्रदर्शन गरेको भन्दै उनले खेलाडीले आफ्नो पोजिसनमै खेलेको बताए । चर्च ब्वाइजका प्रशिक्षक रुबेन राईले खेल सोचेभन्दा उत्कृष्ट भएको प्रतिक्रिया दिए । ए डिभिजन लिगपछिको नयाँ टिम रहे पनि प्रदर्शन सम्झनलायक भएको उनले सुनाए । नयाँ खेलाडी नथप्ने बताउँदै उनले एपिएफसँगको भेट रोचक बन्ने बताएका छन् ।

पछिल्लो समाचार

नारी दिवसमा दृष्टिविहीनहरुसँग अन्तरक्रिया

अघिल्लो समाचार

होराइजनका विद्यार्थीले सञ्चालन गरे स्कुलमा ‘हाट बजार’

Related Posts

यूएई विरुद्ध नेपालकाे राेमाञ्चक जित
banner -1

यूएई विरुद्ध नेपालकाे राेमाञ्चक जित

बैशाख १८, २०८३, १:४८ .शुक्रबार
प्रसाईं नेतृत्वकाे साझा व्यवसायी समूहका उम्मेदवारहरूकाे नाम घाेषणा
banner

प्रसाईं नेतृत्वकाे साझा व्यवसायी समूहका उम्मेदवारहरूकाे नाम घाेषणा

बैशाख १८, २०८३, १:०४ .शुक्रबार
थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सुकुम्बासीकाे आन्दोलन सार्वजनिक : सांसद फिर्तादेखि आम हडतालसम्म

बैशाख १७, २०८३, ३:३० .बिहिबार
रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे
banner -1

रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे

बैशाख १७, २०८३, ३:१३ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.