बिर्तामोड, ७ चैत । ‘मह जोडी’का रुपमा विश्वमा परिचित कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई बुधवार बिर्तामोडमा ‘आदर्श नागरिक’ सम्मान गरिएको छ ।
आज बिर्तामोडमा जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले एक लाख ११ हजार १११ रुपैयाँ पुरस्कारसहित पहिलो पटक पूर्ण–टुंग आदर्श नागरिक सम्मान प्रदान गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा भारत दार्जीलिङका प्रख्यात नाटककार सीके श्रेष्ठ रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि सीके श्रेष्ठ, सम्मानित व्यक्तित्वहरु मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य, प्रतिष्ठानका सचिव लक्ष्मण ढकाल लगायतले शुभबामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा कलाकार विल्सनविक्रम राई, राजनीतिज्ञ, साहित्यकार, कलाकार, पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सहसचिव स्वस्तिका आचार्यले गरेकी थिइन् ।
तस्वीर : आमसञ्चार
Discussion about this post