३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

संकटको दिगो समाधान समाजवाद : सुमन सिंह

चैत्र १०, २०८०, ३:५८ .शनिबार
0
0
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, १० चैत । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले अब नेपाली विशेषताको समाजवादले मात्रै विद्यमान संकटको दिगो समाधान दिने दावी गरेका छन् ।

शनिबार बिर्तामोडमा आयोजित ‘आर्थिक राजनीतिक संकट र त्यसले आमसञ्चारमा पारेको दुस्प्रभाव’ बिषयक अन्तकृयामा बोल्ने क्रममा नेता सुमनसिंहले यस्तो टिप्पणी गरेका हुन् ।

देशको अहिलेको आर्थिक संकटले मिडिया क्षेत्रमा गम्भीर नकारात्मक प्रभाव परिरहेको बेला यसले नागरिकको आवाज र अधिकारसमेत कमजोर पारेको भन्दै नेता सुमनसिंहले संकटको यो परिस्थितिमा बामपंथी, कम्युनिस्ट, देशभक्त र सच्चा लोकतान्त्रिक शक्तिहरुबीच सहकार्य जरुरी रहेको बताए ।

उनले नेपालका हरेक परिवर्तन र आन्दोलनमा अग्रमोर्चामा रहेर अगुवाइ गरिरहेका पत्रकारहरुको जीवन दिनप्रतिदिन असहज भएको तर केही सिमित व्यक्तिहरुको आर्थिक हैसियत रातारात फेरिएको भन्दै आफुहरु यो अवस्था परिवर्तनका लागि लडिरहेको बताए ।

‘देशको संविधानमा समाजवाद उन्मुख भनियो, सबै पार्टीहरुले समाजवादी एजेन्डामा भोट पनि मागे तर यसले आम जनता र पत्रकारहरुलाई सडकमै छोड्यो, उनीहरुका समस्या समाधान भएन–‘नेता सुमनले भने–‘अब समाजवाद उन्मुख मात्रै होइन, साच्चिकै समाजवाद स्थापनाको दिशामा अगाडि बढ्नुपर्छ ।’

मिडियामा देखिएका समस्या र सामग्रीप्रतिको अविश्वसनियताबारे पत्रकारहरूले पनि आत्मसमिक्षा गर्नुपर्ने बेला आएको भन्दै नेता सुमन सिंहले मिडियामा देखिएको आर्थिक संकटको जुन दुस्प्रभाव छ, त्यसको प्रत्यक्ष सम्बन्ध राजनीति र व्यवस्थासँग जोडिएकोले अब नेपाली विशेषताको समाजवादले मात्रै विद्यमान संकटको दिगो समाधान दिने दावी गरे ।

जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिको देशव्यापी अभियान अन्तर्गत आयोजित कार्यक्रममा नेकपा स्थायी समिति सदस्य एवम् प्रचारप्रसार विभाग इन्चार्ज अनिल सी, जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, प्रेस युनियनका कोसी उपाध्यक्ष ज्ञानेन्द्र निरौला, प्रेस सेन्टरका केन्द्रीय सदस्य लिलाराज झापाली, मिडिया एक्सनका झापा अध्यक्ष नरेन्द्र ढकाल, सञ्चारिका समुह झापा अध्यक्ष लिला अनमोल, प्रेस चौतारीका झापा उपाध्यक्ष प्रदीप परियार, फोनिज झापा अध्यक्ष भुमिका सुब्बा लगायतका वक्ताहरुले मिडियामा परेको प्रभाव र वर्तमान परिस्थितिको बारे धारणा राखेका थिए ।

संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा सचिवालय सदस्य शोभराज बरालले स्वागत गरेका थिए भने सचिवालय सदस्य प्रवीण अधिकारीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

पछिल्लो समाचार

बाणिज्य संघको टोलीले गर्यो नमूना सहकारी खेतीको अवलोकन

अघिल्लो समाचार

डढेलाे नियन्त्रणका लागि मेचीनगरमा समिति

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.