मेचीनगर, १३ चैत । यही चैत १५ र १६ गते नेकपा एमाले झापाको ११ औँ जिल्ला अधिवेशनका लागि मेचीनगरबाट ४३ जना प्रतिनिधि छनोट भएका छन् ।
नेकपा एमाले झापा जिल्ला अधिवेशनका लागि मेचीनगरका १५ वटै वडाबाट ३९ र दलित इकाईबाट ४ जना गरी ४३ जना प्रतिनिधि छनोट भएका हुन् ।
एमाले मेचीनगर कमिटीका अनुसार मेचीनगर–१ नम्बर वडाबाट पासाङ तामाङ र तीलजा देवान, वडा नम्बर २ बाट दीपक बराल, तीलक न्यौपाने र सीता मोते, वडा नम्बर ३ बाट युवराज कट्टेल, हर्क वस्नेत, चक्र पाख्रिन र गायत्रा पौडेल, वडा नम्बर ४ बाट अर्जुनकुमार कार्की, वडा नम्बर ५ बाट रविन राउत र माया प्याकुरेल प्रतिनिधि छनोट भएका छन् ।
त्यस्तै वडा नम्बर ६ बाट एमाले मेचीनगर कमिटीका अध्यक्ष राजु पोखरेल, सञ्जु ढुंगेल, राजकुमार श्रेष्ठ र सन्तोष आचार्य छन् ।
वडा नम्बर ७ बाट दावा लामा, रुपा गुरुङ, र सञ्जय मेचे, वडा नम्बर ८ बाट विष्णु बराइली, विकेन्द्र धिमाल र लालबहादुर थामी, वडा नम्बर ९ बाट जानुका ओली र ऋषि तिम्सिना, वडा नम्बर १० बाट अनिल पौडेल र दुर्गा कार्की रहेका छन् ।
यसैगरी वडा नम्बर ११ बाट रुद्र डाँगी, सन्तोष मेचे, सुनिल राजबंशी, सागर ओली, यसोदा डाँगी र खगमाया शिवाकोटी, वडा नम्बर १२ बाट शिव प्रसाई र कुमारी मेचे, वडा नम्बर १३ बाट मोहन खतिवडा र रुकमीणा अधिकारी, वडा नम्बर १४ बाट दुर्गा धमला र शुशिला विमली, वडा नम्बर १५ बाट मुरलीधर कोइराला र कुसुमकुमारी चौधरी प्रतिनिधि छनोट भएका छन् ।
एमाले मेचीनगर कमिटीका अध्यक्ष राजु पोखरेलले दलित इकाईबाट वडा नम्बर ८ बाट मिलन विक र कविता खनाल सार्की, वडा नम्बर ३ बाट तीलक दर्नाल र वडा नम्बर १३ बाट रीता परियार (ठटाल)लाई प्रतिनिधि चयन गरिएको जानकारी दिए ।
त्यस्तै पार्टीको विभागिय कमिटहिरु लगायतबाट ३७ गरी करिव ८० जना प्रतिनिधि जिल्ला अधिवेशनमा सहभागी हुनेछन् ।
पार्टीको विभागिय कमिटीहरु लगायतबाट गरेर करिव ८० जना प्रतिनिधि जिल्ला अधिवेशनमा सहभागी हुने अध्यक्ष पोखरेलले बताए ।
पार्टीको ११ औँ जिल्ला अधिवेशनका लागि झापामा जम्मा ७८६ जना प्रतिनिधि छनोट हुने छन् ।
Discussion about this post