२१ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

आर्थिक पत्रकारिता पुरस्कारबाट भण्डारी पुरस्कृत

चैत्र २१, २०८०, ४:०० .बुधबार
0
0
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २१ चैत । राष्ट्रिय समाचार समिति झापाकी समाचारदाता अम्बिका भण्डारी मेची उद्योग बाणिज्य संघद्वारा स्थापित ‘आर्थिक पत्रकारिता पुरस्कार’बाट सम्मानित भएकी छिन् ।

आज धुलाबारीको रोयल निर्वाण सभाहलमा आयोजित संघकाे १९औँ साधारणसभा  कार्यक्रममा पत्रकार भण्डारीलाई नगद २१ हजार राशी र सम्मान पत्रले पुरस्कृत गरिएको हो ।

यसैगरी, उत्कृष्ट कर्मचारीको रुपमा संघका एम्बुलेन्स चालक मिनबहादुर खड्का (कुमार)लाई नगद १५ हजारसहित सम्मान पत्रले पुरस्कृत गरिएको छ ।

राससको झापा कार्यालय प्रमुखको समेत जिम्मेवारी सम्हाल्नु भएकी भण्डारी दुई दशकदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । लोकतन्त्र पोस्ट, जनसंसद् र पूर्वाञ्चल दैनिकमा उनी कार्यरत थिइन् ।

संघले २०६९ सालदेखि आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । पहिलो पुरस्कार भद्रपुरका अग्रज पत्रकार गोविन्दचन्द क्षेत्रीले पाएका थिए ।

साधारणसभाको उद्घाटन कोशी उद्योग बाणिज्य महासंघका अध्यक्ष राजेन्द्र राउतले गरे ।

आजै उद्घाटन र बन्द सत्र सम्पन्न भएको छ । बन्द सत्रमा उद्योग वाणिज्य क्षेत्रका समस्या र तिनको समाधानका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा बन्दै गरेको एसियन हाइवेले विकासको थप ढोका खुल्ने सम्भावना बढेको कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रदेश अध्यक्ष राउतले बताए ।

अध्यक्ष राउतले सरकारसँग तयारी वस्तु आयातमा दोब्बर कर बढाउन र कच्चा पदार्थ आयातमा सहुलियत दिन आग्रह गरे ।

कार्यक्रममा बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाईले भारतीय सीमावर्ती क्षेत्रमा जाँदा अझै पनि परिचय खुल्ने कागजात देखाउनु पर्ने झन्टझटिलो प्रवृत्तिलाई हटाउन बाणिज्य संघलाई पहल गर्न आग्रह गरे ।

उद्योग बाणिज्य संघले शिक्षा, स्वास्थ्य र खेलकुदमा पुर्याएको योगदानको चर्चा गरे ।

मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले भारतीय बजार गुल्जार हुँदा नेपाली बजार सुनसान हुने गरेको बताए ।

उनले स्थलमार्गबाट सिधै भूटान–बंगलादेश व्यापार गर्ने मुख्या नाका काँकरभिट्टा रहेको जानकारी दिँदै स्वदेशी बजारलाई प्राथमिकतामा राखेर काम गर्न अनुरोध गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारीले भारतको पानीटेंकी सीमामा नेपालीलाई आउजाउमा गरिएको कडाईप्रति आपत्ति प्रकट गरे ।

उनले नेपाल सरकारले भारतीय पक्षसँग दह्रोसँग बार्ता गर्नुपर्ने सुझाव दिए ।

उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले सबैभन्दा बढी उद्योगी व्यवसायी पीडित रहेको बताए ।

उनले भारतीय बजार गुल्जार हुँदा नेपाली व्यापारी व्यवसायीहरुले सटर खाली गर्नुपर्ने स्थितिमा पुगेको बताए ।

महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्काले सरकारको ढिकुटीमा पैसा थुप्रिए तापनि सत्ता परिवर्तनको खेल भइरहँदा सही सदुपयोग हुन नसकेको बताए ।

झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठ, मेचीनगर नगरपालिका पूर्व प्रमुख विमल आचार्य, मेचीनगर नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख पदमबहादुर कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अध्यक्ष प्रसाईले संस्थाले बर्षभरि गरेका गतिविधिको बारेमा बार्षिक प्रतिवेदन प्रस्तुत गरे ।

संस्थाका महासचिव दिनेश शाक्यले सञ्चालन गरेको कार्यक्रमको समापनसहित धन्यवाद बरिष्ठ उपाध्यक्ष कपिल क्षेत्रीले गरेका थिए ।

पछिल्लो समाचार

पत्रकार र एम्बुलेन्स चालक पुरस्कृत

अघिल्लो समाचार

पर्यावरण जोगाउन मेची–महाकाली पैदल यात्रा

Related Posts

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार
झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा
अर्थ

झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

कार्तिक १८, २०८२, १:४१ .मङ्लबार
निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण
banner -2

निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण

कार्तिक १८, २०८२, १:०३ .मङ्लबार
झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा

कार्तिक १७, २०८२, ३:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.