काँकरभिट्टा, २५ चैत । आजदेखि काँकरभिट्टामा ‘झापा नेशनल होलिडे फुटबल क्याम्प’ सुरु भएको छ ।
मेचीनगर–७ स्थित इटाभट्टाको झापा नेशनल स्कुलले आइतवारबाट उक्त क्याम्प सञ्चालन गरेको हो ।
उक्त क्याम्प चैत २५ गतेदेखि ५ दिनसम्म सञ्चालन हुनेछ । क्याम्पमा १४ वर्ष मुनिका २ सय ५० भन्दा बढी बिद्यार्थीको सहभागिता रहेको छ । चैत ३० गतेसम्म सञ्चालन हुने क्याम्पमा एन्फाका प्रशिक्षकले विद्यार्थीहरुलाई प्रशिक्षण दिनेछन् ।
कार्यक्रममा झापा जिल्ला फुटवल संघका अध्यक्ष भगिरथ आले मगर (मामा)को प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि आले मगर, पत्रकार अर्जुन कार्की लगायतले शुभकामना मतव्य राखेका थिए ।
स्कुलका संस्थापक प्रिन्सिपल कमल भेटवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन व्यवस्थापन समितिका अध्यक्ष एवम् पत्रकार प्रकाश पौडेलले गरेका थिए ।
विद्यार्थीहरुलाई पढाइका साथै खेलकुदप्रति रुची बढाउने उदेश्यले फुटबलको प्रशिक्षण दिएको संस्थापक प्रिन्सिपल भेटवालले बताए ।
Discussion about this post