मेचीनगर, २८ चैत । काँकरभिट्टाका सृष्टिकर्ता मध्येका एक जना समाजसेवी बुद्धिनाथ पौडेलको निधन भएको छ ।
उनको ७७ बर्षको उमेरमा बुधबार विहान २ बजे निधन भएको हाे ।
परिवारका अनुसार राति १ वजे शरीर दुख्याे भन्दै हुनु हुन्थ्याे । अस्पताल लाने तयारी गर्दै गर्दा २ वजे निधन भएको छ । उनी प्रेसर र दम राेगबाट पीडित थिए ।
स्व. पाैडेलकाे आजै दिउँसाे २ वजे स्थानीय मेची नदिमा अन्तिम दाहसंस्कार गरिने परिवारले बताएकाे छ ।
उनकाे पत्नी सेवाकुमारी, ३ जना छाेराहरू कृष्ण, कमल र मनाेज तथा २ जना छाेरीहरू विष्णु र रञ्जना पाैडेल छन् ।
उनी काँकरभिट्टा माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक हुन् ।
त्यस्तै काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका संस्थापक अध्यक्ष, मेची बस व्यवसायी प्रालिका पूर्व अध्यक्ष समेत हुन् ।
विभिन्न संघ-संस्थामा आबद्ध रहेका पौडेल काँकरभिट्टा सृष्टि गर्नमा महत्वपूर्ण भूमिका रहेका मध्येका एक जना सामाजिक व्यक्तित्व र बुद्विनाथ सरकाे रूपमा परिचित थिए ।
नेकपा एमाले मेचीनगर कमिटीकाे अहिलेकाे पार्टी कार्यालयकाे भवनकाे जग्गा उनैले दिएका हुन् ।
उनका छाेराहरू पनि सामाजिक क्षेत्रमा सक्रिय छन् ।
Discussion about this post