झापा, २७ चैत । नेपाली कांग्रेस कोशी प्रदेशको प्रमुख सचेतकमा झापाका गोपाल तामाङ मनोनित भएका छन् ।
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले तामाङलाई प्रमुख सचेतकमा मनोनित गरेका हुन् ।
प्रमुख सचेतक तामाङ झापाको क्षेत्र नम्बर १ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
यसअघि कोशी कांग्रेसको प्रमुख सचेतकमा खोटाङ क्षेत्र नम्बर १ (२) बाट निर्वाचित भुपेन्द्र राई थिए ।
राईले सो पद त्यागेपछि तामाङलाई मनोनित गरिएको हो ।
Discussion about this post