मेचीनगर, ३० चैत । बैशाख ३ गतेदेखि झापामै पहिलो पटक मेचीनगरमा फर्निचर मेला (फेस्टिबल) लाग्ने भएको छ ।
मेचीनगर–७, इटाभट्टा स्थित धनेश्वर फर्निचर उद्योगले फर्निचर मेलाको आयोजना गर्न लागेको हो ।
नववर्षको २०८१ साल बैशाख ३ गतेदेखि १८ गतेसम्म १५ दिन इटाभट्टाको सिटी सिनेमा हल बाहिर मेलाको स्टल रहने धनेश्वर उद्योगका सञ्चालक मुन्ना मण्डलले जानकारी दिए ।
‘नयाँ वर्षको अवसरमा उपभोक्ताहरुको सुविधाका लागि विशेष छुटसहित फर्निचर मेलाको आयोजना गर्न लागेका हौं,’ उद्योगका सञ्चालक मण्डलले भने–‘फर्निचरको मेला लागेको झापामा सम्भवतः यो नै पहिलो पटक हो ।’
मेलामा सोफा, पलङ, कुर्सी, टेबुल, दराज, डाइनिङ सेट लगायत सबै प्रकारका फर्निचर बिक्रीका लागि राखिने उद्योगका प्रबन्धक ओमप्रकाश खापुङले बताए ।
मेलामा सामानको मूल्यमा २५ देखि ३० प्रतिशत छुट दिइने बताइएको छ । फ्रिज र स्टील दराज बाहेकका सबै सामानमा छुटको व्यवस्था रहेको छ ।
विगत १२ वर्षदेखि मेचीनगर क्षेत्रमा फर्निचर उत्पादन र बिक्री वितरणमा धनेश्वर फर्निचर उद्योगले आम उपभोक्ताको विश्वास जित्दै आएको हुँदा मेला सफल हुनेमा आफु विश्वस्त रहेको खापुङले बताए ।
‘गुणस्तरीय, टिकाउ र ग्यारेन्टीयुक्त फर्निचरका लागि विश्वासिलो नाम र ब्रान्ड हो धनेश्वर,’ उनले भने–‘जहाँ राम्रो र गुणस्तरीय सामान पाइन्छ, उपभोक्ताहरु त्यही जान्छन् ।’
विवाह, कार्यालय र घरायसी प्रयोजनका लागि चाहिने सबै प्रकारका आधुनिक फर्निचर मेलामा बिक्रीका लागि राखिएको छ ।
मेला अवलोकनका लागि मेचीनगर र झापाबासीलाई आउन खापुङले आग्रह गरे । मेचीनगरभरि सामानको होम डेलिभरिको सुविधा समेत रहेको उनको भनाई छ ।
सञ्चालक मण्डलले मेलामा करिव एक करोड भन्दा बढीको फर्निचर बिक्री गर्ने लक्ष्य रहेको बताए ।
Discussion about this post