इलाम, ६ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्गुनन्दलाई राष्ट्रिय विभूति एमालेले बनाएको बताए ।
इलाम–२ को मंगलबारे चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने –‘हामी फाल्गुनन्द लिङदेनलाई राष्ट्रिय विभूति बनाउने अनि अहिले एमालेलाई नै फाल्गुनन्द विरोधी भन्ने ? उनले माङ्सेबुङमा गएर यसअघि गरेको भाषण सम्झँदै भने, हामीले जे जे भनेका छौँ त्यो पुरा गर्न हामी अहिले पनि लागिरहेका छौँ ।’
उनले नेकपा एमालेको नेतृत्व र संयोजनमा संविधान बनेको र सो संविधानमा विभिन्न भाषा संस्कृतीका कुरा संविधानमा आफूहरूले लेखेको दावी गरे । उनले भने–‘हामीले संघीययताको कुरा संविधानमा लेख्यौँ, भाषा सस्कृती र पहिचानको कुरा लेख्यौँ अहिले त्यही संविधान पढेर हामीले लेखेको कुरा अहिले हामीलाई सुनाउने ?’
ओलीले एमालेले कुनै पनि जातलाई हेला नगर्ने बताए । उनले भने, आफ्नो धर्म के हो पालना गर्नु नि अरूलाई किन हेला गर्नु ?’ उनले अहिले अरूको धर्मलाई हेला गर्ने चलन बढेको भन्दै यो राम्रो कुरा नभएको बताए ।
सामाजिक सद्भाव कायम गर्न र सामाजिक समानता कायम गर्न एमाले लागेको बताए । उनले सबै धर्म भाषा, भाषी, संस्कृतीको संवर्द्धन गर्दै राष्ट्रिय एकता कायम गर्न सके मात्रै देशको विकास हुने बताए ।
उनले इलाम बनाउने हो भने एमालेले मात्रै समाधान गर्न सक्ने बताए । देउमाई नगरपालिकामा खानेपानीको समस्या छ । यो समस्या सुहाङ नेम्बाङले समाधान गर्ने बताए । उनले एमालेले ३ बर्षमा गरेको कामपछि विकास हुन नसकेको बताए । एमालेले धेरै क्षेत्रमा विकासको पाइला चालेको तर बिचमा अरू सरकार आएकाले रोकिएको बताए ।
ओलीले इलामबाट सुहाङलाई जिताएर पठाउनुस्, विकासको जिम्मा सुहाङले लिन्छ सुहाङको जिम्मा म लिन्छु । उनले सुहाङ नेम्बाङ सुभाष नेम्बाङको छोरो मात्रै नभएर देश बनाउन भनेर संकल्प बोकेर हिडेको युवा भएको दाबी गरे ।
देश बनाउने उद्देश्य र योजनासहित हिडेको वास्तविक युवा उम्मेदवार सुहाङ भएको उनको दाबी छ । ओलीले भने –‘पैसा कमाउन, बाटोको ठेक्का लिएर कमिसन खान, पल्केकाहरुले सुहाङ उकाली–ओराली हिडिरहेको देखेका छैनन् । समृद्ध नेपाल सुखी नेपाली बनाउने संकल्प बोकेर हिँडेको छ । उसलाई जिताएर पठाउनुस् । सांसद हुने मात्रै उद्देश्य नभएर देश बनाउने उद्देश्य बोकेको युवा हो ।’




Discussion about this post