मेचीनगर, ५ बैशाख । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मेचीनगर–१४, दुहागढी स्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) नमुना कृषि परियोजनाको समेत अवलोकन गरेका छन् ।
दुहागढीको १६ बिगाहा जग्गामा रहेको कृषि परियोजनामा उन्नत जातको गाई फार्म समेत सञ्चालनमा छ ।
एनएमसी झापाले २०७५ सालदेखि उक्त कृषि परियोजना सञ्चालन गर्दै आएको छ । कृषि परियोजनामा गाईपालन, माछापालन, हाँसपालन, मौरीपालन, कस्टम हाइरिङ सेवा, साइलेज र तरकारी उत्पादन गर्दै आएको छ ।
कृषि परियोजनामा २३ करोड लगानी भइसकेको, ४० जनाले प्रत्यक्ष रोजगारी पाइरहेको र एक सय वटा भन्दा बढी उन्नत होलेस्टाइन जातका गाईपालन भइरहेको एनएमसीका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले सभामुख घिमिरेलाई जानकारी गराएका थिए ।
भिडियो हेर्नु होला ।
Discussion about this post