इलाम, १७ बैशाख । इलाम–२ को प्रारम्भिक मतगणना अनुसार नेकपा एमालेका सूर्य चिन्हका सुहाङ नेम्बाङले मतान्तर झन बढाउँदै लगेका छन् ।
इलाम बजार स्थित गौतमबुद्व सभा गृहमा जारी मतगणनाको पहिलो चरणको प्रारम्भिक मत परिणाम अनुसार एमालेका सुहाङको सूर्यकाे १३ हजार ६९ मत ल्याएर अगाडि रहेका छन् ।
नेपाली कांग्रेसका डम्बर खड्काको रूखको ८३८६, रास्वपाका मिलन लिम्बूको घण्टीको १७१३, पहिचानवादी समुहका डकेन्द्रसिंह थेगिमको मुढाको ८०९८ मत पहिलो चरणमा ल्याएका हुन् ।
सुहाङकाे मतान्तर ४६८३ रहेकाे छ ।
अहिले फाकफोकथुम र चुलाचुली र माङ्गासेबुङ उँपालिकाका वडाहरुमा मतगणना भइरहेको छ ।
इलाम–२ मा शनिबार सम्पन्न उपनिर्वाचनमा ६९ हजार २८७ मत खसेको थियो ।
Discussion about this post