झापा, १७ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विजय उत्सवमा सहभागी हुन इलाम जाने भएका छन् ।
यही बैशाख १८ गते इलाममा आयोजना हुने विजयीसभा तथा धन्यवाद दिने कार्यक्रमका लागि पूर्व प्रधानमन्त्री समेत रहेका ओली विहानै झापा आउने भएका छन् ।
एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार १८ गते विहान ८ वजे काठमाडौँबाट झापा प्रस्थान गर्ने कार्यक्रम छ ।
भद्रपुर विमानस्थल ओर्लिएर सिधैं इलाम जाने र कार्यक्रम सकेर सोही दिन काठमाडौं फर्किने तयारी भएको सचिव कार्कीले जानकारी दिए ।
अध्यक्ष ओलीले इलाम–२ को उपनिर्वाचनमा मंगलवारे र चुलाचुलीको चुनावी सभालाई सम्बोधन गरेका थिए ।
Discussion about this post