इलाम, १७ बैशाख । इलाम–२ को प्रारम्भिक मतगणना अनुसार नेकपा एमालेका सूर्य चिन्हका सुहाङ नेम्बाङको अग्रता कायम रहेको छ ।
इलाम बजार स्थित गौतमबुद्व सभा गृहमा जारी मतगणनाको पहिलो चरणको प्रारम्भिक मत परिणाम अनुसार एमालेका सुहाङको सूर्य चिन्हले १९ हजार ११४ मत ल्याएर अगाडि रहेका छन् ।
नेपाली कांग्रेसका डम्बर खड्काको रूखको १२ हजार ६७५, रास्वपाका मिलन लिम्बूको घण्टीको ३ हजार २४२, पहिचानवादी समुहका डकेन्द्रसिंह थेगिमको मुढाको ९ हजार ४१० मत ल्याएका हुन् ।
अहिले फाकफोकथुम र चुलाचुली र माङ्सेबुङ गाउँपालिका, माई, देउमाई, इलाम नगरपालिका १ र २ का वडाहरुमा मतगणना भइरहेको छ ।
इलाम–२ मा शनिबार सम्पन्न उपनिर्वाचनमा ६९ हजार २८७ मत खसेको थियो । त्यसमध्ये ५२ हजार २७३ मत गणना भइसकेकाे छ ।
Discussion about this post