३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

फोटो फिचर

तालिमले माइक्रोफोन समाएर बोल्न सिकायो : खीमा शिवाकोटी

बैशाख २१, २०८१, २:५१ .शुक्रबार
0
0
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter
तालिम लिएपछि पहिलो चोटी बोल्दै खीमा शिवाकोटी ।

मेचीनगर, २१ बैशाख । ग्रामीण क्षेत्रकी महिला खीमा शिवाकोटीले भनिन्–‘यो तालिमले मलाई सधैँ घरमा भात पकाउने, गाईलाई घाँस खुवाउने आज माइक्रोफोन समाएर बोल्न सिकायो ।’

मेचीनगर–९ को थोप्लेविरान महिला कृषि सहकारी संस्थाले आयोजना गरेको तीन दिने उद्घोषण तथा माइन्यूट लेखन तालिममा शिवाकोटीले निर्धक्क भएर यसो भनेकी हुन् ।

उनका अनुसार महिलाहरुको काम प्रायः घरको काम के हुन्छ, त्यही भात पकाउने, गाईलाई घाँस खुवाउने, जंगल गएर दाउरा ल्याउने, घाँस काट्ने । तर, यो ३ दिनको तालिममले माइक्रोफोन समाएर बोल्न सिकाएको छ ।

अर्की तालिममा सहभागी दुर्गा राउतले ग्रामीण क्षेत्रका महिलाहरुलाई यस्तो तालिमले क्षमता विकासका साथै व्यवसायीक बनाउन मद्वत मिल्ने बताइन् । ‘म पनि बोल्न सिके, तपाईहरु पनि यस्तो तालिम लिएर सक्षम बन्नुहोस्’ सुनिता विष्टले भनिन्–‘यो तालिमले क्षमता अभिवृद्वि गरेको छ । सिकेको सीपलाई व्यवहारमा लागू गर्नेछु ।’

प्रायः तालिममा सहभागी सबै महिलाहरुको एउटै धारणा छ तीन दिन कम्ती भयो । एक हप्तादेखि १५ दिनसम्म भएको भए झन राम्रो हुने प्रतिक्रिया दिएका थिए ।

संस्थाले मेचीनगर–९ नम्बर वडा कार्यालयको सहयोगमा ग्रामीण क्षेत्रका महिलाहरुलाई लक्षित गरेर थोप्लेविरान सामुदायिक वन उपभोक्ता समुहको सभाहलमा तीन दिने उद्घोषण तथा माइन्यूट लेखन तालिम गरेको थियो । तालिम यही बैशाख १९ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको हो ।

महिलाहरुको व्यक्तित्व तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको संस्थाकी उपाध्यक्ष जानुका ओलीले बताइन् । उनले आज समापनको अवसरमा तालिमको औचित्यमाथि प्रकाश पारेकी थिइन् ।

समापन कार्यक्रमको प्रमुख अतिथि वडा नम्बर ९ का वडाध्यक्ष कञ्चन तामाङ रहेका थिए । उनले तालिमबाट सिकेको सीपले लोभ लाग्दो सामज निर्माणमा टेवा पुग्ने छ भन्ने आशा व्यक्त गरेका थिए । तलिममा सहभागीहरुलाई वडाध्यक्ष तामाङले प्रमाणपत्र वितरण गरेका थिए ।

यसअघि बैशाख १९ गते कार्यक्रमको औपचारिक उद्घाटन वडा नम्बर ९ की वडा सदस्य अरुणा राजबंशीले गरेकी थिइन् । तालिममा संस्था अन्तरगतका दश वटा कृषक समुहका ५÷५ जना गरी ५० जना महिलाको सहभागिता रहेको थियो । तालिममा सहभागीहरुलाई पत्रकार अम्बिका भण्डारी र साहित्यकार मीरा काफ्ले पोखरेलले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष तामाङ, प्रशिक्षार्थीहरु खीमा शिवाकोटी, दुर्गा राउत, सुनिता विष्ट लगायतले बोलेका थिए । कार्यक्रममा वडा नम्बर ९ की वडा सदस्य सुस्मा डोली कार्कीे, थोप्लेविरान सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कृष्ण कोइराला लगायतको उपस्थिति रहेको थियो ।

थोप्लेविरान महिला कृषि सहकारी संस्थाकी अध्यक्ष डम्बरकुमारी प्रधान (मञ्जु) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन व्यवस्थापक पवित्रा आचार्य दाहालले गरेकी थिइन् ।

पछिल्लो समाचार

मेचीनगरमा ´दाेस्राे झापा महिला प्रिमियर लिग` हुँदै

अघिल्लो समाचार

‘झापाको पत्रकारिता’ पुस्तक लोकार्पण

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.