काँकरभिट्टा, २१ बैशाख । आगामी बैशाख २९ गतेदेखि मेचीनगरमा दाेस्राे झापा महिला प्रिमियर लिग प्रतियोगिता हुने भएको छ ।
आज काँकरभिट्टा स्थित नमस्ते पार्टी प्यालेसमा मिलन क्रीकेट क्लबले पत्रकार सम्मेलन गरेर मेचीनगर-६ स्थित तुर्केनी खेल मैदानमा आगामी बैशाख २९ गतेदेखि जेठ ४ गतेसम्म उक्त प्रतियोगिता हुने जानकारी दिएकाे हाे ।
प्रतियोगितामा ३ वटा टिमकाे सहभागिता रहनेछ । दुई वटा ग्याम खेलेपछि आउट हुनेछन् ।
प्रतियोगितामा एनएस वारियरकी क्यापटेन निशन साह, एसके सुपर किङ्सकी क्यापटेन स्मृति कटुवाल र एलआर हन्टर्सकी क्यापटेन लकिता राजबंशीकाे नेतृत्व रहनेछ ।
प्रतियोगिताकाे प्रथम विजेतालाई नगद ५० हजार, दाेस्राे विजेतालाई ३० हजारसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष विरू श्रेष्ठले बताए ।
उनले मेनअफ द सिरिज १० हजार, वेष्ट व्याड्नओमनलाई ५ हजार, वेष्ट बलरलाई ५ हजार र प्रत्यक खेलकाे म्यानअफद म्याचका खेलाडीलाई १५ सय प्रदान गरिने बताए ।
उक्त प्रतियोगिता गर्न ३ लाख १५ हजार खर्च लाग्ने अनुमान श्रेष्ठले गरेका छन् । ५० प्रतिशत दाताकाे चन्दा र ५० प्रतिशत क्लबकाे खर्चमा अहिलेसम्म प्रतियोगिताहरू गर्दै आएको उनकाे भनाई छ ।
२०५२ सालमा स्थापना भएको उक्त क्लबले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू जन्माइसकेकाे छ ।
महिला क्रीकेट टिमकी क्यापटेन रूविना क्षेत्री, राष्ट्रिय खेलाडीहरू काजल श्रेष्ठ, अप्सना बेगम लगायत ९ जना महिला क्रीकेट खेलाडी र पुरूषमा शनि पुन जस्ता खेलाडीहरू क्लबले उत्पादन गरिसकेकाे छ ।
महिला खेलाडीहरूलाई एकाडेमिक मात्र हाेइन लिग पनि खेलाउनु पर्छ र नयाँ खेलाडीहरू उत्पादन गर्नु पर्छ भन्ने उदेश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएकाे अध्यक्ष श्रेष्ठकाे दावी छ ।
प्रतियोगिता आईपिएलकाे ढाँचामा खेल सञ्चालन गरिने आयोजकको भनाई छ । २०७० सालमा भएको पहिलाे ओमेन्स प्रिमियर लिग प्रतियोगितामा प्रथम सुपर किङ्स र वारियर दाेस्राे भएको बताइएकाे छ ।
पत्रकार सम्मेलनमा वारियरकी क्यापटेन निशा साह, सुपर किङ्सकी क्यापटेन स्मृति कटुवालकाे उपस्थिति रहेकाे थियाे ।
Discussion about this post