मेचीनगर, २० बैशाख । मेचीनगर–९ को ड्राइगन–११ युथ क्लबले आयोजना गरेको दुई दिवसीय हिमालयन एकाडेमी सुपर सिक्स क्रिकेट प्रतियोगिताको फाइनल खेल शनिबार हुने छ ।
मेचीनगर–९ को टिमाई बाटिका खेल मैदानमा जारी क्रिकेट प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ । यसअघि क्वाटरफाइनल खेल भइसकेको छ ।
यही शनिबार सेमिफाइनल र फाइनल खेल हुने ड्राइगन–११ युथ क्लबका अध्यक्ष राजु धिमालले जानकारी दिए ।
धुलाबारी टाईगर र बिर्तामोड सुपर पञ्च तथा चर्सी सुपर सिक्सर दमक र बिर्तामोड–१ बीच उपाधिको लागि प्रतिस्पर्धा गर्ने उनले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ३० हजार र द्वितीय हुने टिमलाई २० हजार नगद, ट्रफी र प्रमाणपत्र रहेको छ ।
प्रतियोगिताको मुख्य प्रायोजकमा मेचीनगर–१० को हिमालयन एकाडेमी तथा सहआयोजकहरुमा मेचीनगर–९ को हिमालयन अंग्रेजी मावि, होटल मेची क्राउन, इष्ट होराइजन अंग्रेजी मावि र पारीजात अंग्रेजी मावि रहेका छन् ।
प्रतियोगितामा झापा जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग रहेको छ ।
Discussion about this post