बुद्धशान्ति, २० बैशाख । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै बिर्तामोड युनाइटेड एफसी बुद्धशान्तिमा जारी आदर्श च्यालेञ्ज कपको फाइलनमा प्रवेश गरेको छ ।
बिर्तामोडले बेलबारी एफसीलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले हराएको हो । बिर्तामोडका लागि योगेश गुरुङ, दिवस उराउ, अभिषेक गुुरुङ, अशिष चापागाईँ र देबेन्द्र तामाङले गोल गर्न सफल भए ।
यता बेलबारीका लागि अशोक खवास, मनिष धिमाल, बिवेक पौडेल र निशान लिम्बुले गोल गर्न सफल भए । बेलबारीका प्रशान्त अवस्थीको प्रहार बिर्तामोडका गोलरक्षक सन्दिप लिम्बुले बिफल बनाए ।
खेलको २५ औँ मिनेटमा बिर्तामोडका अभिषेक गुरुङको क्रस पासमा आशिष चापागाईँले गरेको प्रहार बेलबारीका गोलरक्षक पुर्ण चेम्जोङले उत्कृष्ट बचाउ गरे ।
३१ औं मिनेटमा देबेन्द्र तामाङले पेनाल्टी एरिया नजिकैबाट गरेको फ्रि किक गोलरक्षक चेम्जोङले पञ्च गरेर बचाए । ६८ औं मिनेटमा बैकल्पिक खेलाडी सुजन बिश्वकर्माले गरेको प्रहार गोलरक्षकले बचाउ गरेपछि खेलमा अग्रता लिनबाट बिर्तामोड बञ्चित भएको थियो ।
बेलबारीका तर्फबाट खेलको १८ औं मिनेटमा बिरेन लिम्बुको पावरफुल प्रहार गोलरक्षक सन्दिप लिम्बुले बचाए । ४१ औं मिनेटमा बिरेन लिम्बुकै प्रहार बिफल भयो । ५२ औ मिनेटमा निशान लिम्बुले गरेको प्रहार गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
खेलको म्यान अफ द म्याच बिजेता टिम बिर्तामोडका सन्दिप लिम्बु घोषित भए । उनलाई कार्यक्रमकी अतिथि कोशी प्रदेश सभा सदस्य सबिना बजगाईले नगद तीन हजार राशिको पुरस्कार प्रदान गरेकी थिइन् ।
शनिबार हुने फाइनल खेलमा बिर्तामोडले भारतको मानेभन्ज्याङ एफसीसँग प्रतिष्पर्धा गर्ने छ ।
Discussion about this post