बिर्तामोड, २४ बैशाख । महिलाको क्षेत्रमा लामो समयदेखि वकालत गरिरहेको महिला मानवअधिकार रक्षक सञ्जाल (डव्लुएचआरडी) झापाको पुनर्गठन गरिएको छ ।
आज बिर्तामोड उद्योग बाणिज्य संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा महिला मानवअधिकार रक्षक सञ्जाल झापाको पुनर्गठन गरिएको जानकारी गराइएको हो ।
लामो समयदेखि निश्क्रिय रहेको सञ्जाललाई फेरि पुनर्गठन गरिएको छ । अधिवक्ता कविता शर्मा (बाँस्तोला) को अध्यक्षतामा ९ सदस्यीय नयाँ समिति गठन गरेको छ । जसको उपाध्यक्षमा कमला भट्टराई, सचिवमा लीला अनमोल, सहसचिवमा संस्कृति रिजाल र कोषाध्यक्षमा पुक्ष्पाञ्जली सिन्हा ठकुरी रहेका छन् ।
त्यसैगरी समितिको सदस्यहरुमा शिखा खड्का गणेश, सनम राजबंशी, चञ्चला सुब्बा र दुर्गा आचार्य छन् ।
त्यस्तै सल्लाहकारहरुमा कोशी प्रदेशका पूर्व सांसद जसमाया गजमेर, जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्का र अधिवक्ता शान्ता पाठक तिम्सिना रहेका छन् ।
पुनर्गठित समितिकी अध्यक्ष शर्माले २०६४ सालमा स्थापना भएको सञ्जालले मानवअधिकारको संरक्षण, सम्बर्द्धनको क्षेत्रमा क्रियाशिल, व्यक्ति तथा समुदायको आधारभुत स्वतन्त्रताको वकालत, सामाजिक न्याय, सशक्तिकरण, द्वन्द व्यवस्थापन, संवाद र दिगो शान्ति स्थापनाका लागि कार्यरत महिलाहरुको सुरक्षा, पहिचान, लैङ्गिक मैत्री बनाउने, मुल्य र मान्यताका लागि सधै पुलको काम गरिरहेको बताइन् ।
कार्यक्रममा मानवअधिकार क्षेत्रमा काम गरिरहेका डा.रुपक खनाल, नरेश खाती, महिला नेतृहरु शारदा रिजा, पार्वता विमली, मीनु ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्का, अधिवक्ता शान्ता पाठक तिम्सिनाले प्रतिवद्वता मन्तव्य राखेका थिए ।
महिला मानवअधिकार रक्षक सञ्जाल झापाकी अध्यक्ष कविता शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष कमला भट्टराईले र सञ्चालन सचिव लीला अनमोलले गरेकी थिइन् ।
Discussion about this post