झापा, २४ बैशाख । जिल्ला अदालत झापाबाट विभिन्न मितिमा, विभिन्न कसुरमा फैसला भइ फरार रहेका ३५३ जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेकोे छ ।
जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८०÷०८१ को हालसम्म विभिन्न मितिमा, विभिन्न कसुरमा फैसला भइ फरार रहेका उक्त संख्याका प्रतिवादीहरुलाई पक्राउ गरी अदालत बुझाएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी कृष्णकुमार चन्दले पक्राउ परेका ३५३ जना प्रतिवादीहरुबाट १४१ बर्ष ६ महिना २ दिन कैद र चार करोड ४० लाख ९२ हजार २७८ रुपैयाँ बिगो जरिवाना समेत भराउन सफल भएको जानकारी दिए ।
त्यसमध्ये २०८० फागुन ६ गतेदेखि हालसम्म ६६ वर्ष ४ महिना ३ दिन कैद र ४२ लाख ४६ हजार १९७ रुपैयाँ बिगो जरिवाना कायम भएका १८८ जना फरार प्रतिवादीहरु समेत रहेको डीएसपी चन्दले बताए ।
उनका अनुसार फरार प्रतिबादीहरुलाई पक्राउ गरी झापा जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
Discussion about this post