२६ बैशाख २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मुख्यमन्त्रीमा हिक्मत कार्कीको ह्याट्रिक

बैशाख २७, २०८१, १२:५० .बिहिबार
0
0
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर, २७ वैशाख । नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा ह्याट्रिक गरेका छन् ।

आफैँले नेतृत्वमा पु¥याएका केदार कार्कीलाई विस्थापित गर्दै हिक्मत तेस्रो पटक (ह्याट्रिक) मुख्यमन्त्री नियुक्त भएका हुन् ।

२०७९ पुस २४ गते माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा हिक्मत पहिलो पटक मुख्यमन्त्री बनेका थिए । तर केन्द्रमा नेपाली कांग्रेससँग समीकरण बनेपछि माओवादी केन्द्रले सरकार छाडेपछि २०८० असार १५ गते उनी सत्ताबाहिर पुगे ।

त्यसपछि नेपाली कांग्रेसका नेता उद्धव थापा दुई पटक मुख्यमन्त्री भए । एक पटक सभामुखको समर्थन लिएर मुख्यमन्त्री भएका उनी सर्वोच्च अदालतको आदेशमा पदमुक्त भए । दोस्रो पटक प्रदेशसभाको अध्यक्षता गरेका सांसदले विश्वासको मत दिएपछि अदालतको आदेशमा पदमुक्त भए ।

थापालाई प्रदेशसभाको अध्यक्षता गरेका सांसद इस्राइल मन्सुरीले विश्वासको मत दिएको मुद्दामा सर्वोच्च अदालतले थापा पदमुक्त हुने र ठूलो दलको संसदीय दलको नेताको हैसियतमा हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त हुने आदेश दिएको थियो ।

अदालतको आदशेपछि उनी दोस्रो पटक मुख्यमन्त्री हुने अवसर पाए । तर प्रदेशसभामा विश्वासको मत लिन नसकेपछि उनले राजीनामा दिएका थिए । आफूले राजीनामा दिएपछि कार्कीले नेपाली कांग्रेसबाट ८ सांसदसहित विद्रोह गरेका केदार कार्कीलाई आफ्ना ३९ सांसदको समर्थन दिलाए ।

त्यसपछि केदार कार्की मुख्यमन्त्री भए पनि पुनः तत्कालिन सत्तारुढ घटक कांग्रेस र माओवादीलाई सरकारमा सामेल गराएपछि एमाले केदार कार्की सरकारबाट बाहिरियो । फागुन २१ गते केन्द्रमा पुनः एमाले र माओवादी केन्द्रको गठबन्धन बनेपछि वैशाख २७ गते तेस्रो पटक सत्ता नेतृत्वमा पुगेका हुन् । तेस्रो सत्ता यात्राका क्रममा हिक्मतले आफैंले समर्थन गरेका मुख्यमन्त्री केदार कार्कीले अफ्ठयारोमा पारे ।

अल्पमतमा परेपछि राजीनामा नदिने र विश्वासको मत पनि नलिने अडानमा केदार कार्कीबसेपछि हिक्मतको मुख्यमन्त्री बन्ने समय धकेलिएको थियो । केन्द्रमा समीकरण फेरिएपछि चैत २६ गते एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएर वैशाख ७ गते विश्वासको मत परीक्षणका लागि संसदबाट संकल्प प्रस्ताव पारित गरे ।

तर केदार कार्कीले विश्वासको मत लिएनन्, राजीनामा पनि दिएनन् । ३० दिन समय कटेपछि बुधबार राति नयाँ सरकार गठन आह्वान भयो । प्रदेश प्रमुखले दुई दिनको समय दिएपनि हिक्मतले विहीबार बिहान मुख्यमन्त्रीमा दाबी पेश गरे ।

लगत्तै प्रदेश प्रमुखले समर्थकको समर्थनपछि मुख्यमन्त्री नियुक्त गरे । आफू मुख्यमन्त्री हुँदाहुँदै नयाँ सरकार गठन आह्वान गर्ने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध केदार कार्कीले सर्वोच्च अदालतमा रिट दिएका छन् ।

पछिल्लो समाचार

माईजोगमाई अध्यक्ष कप : सूर्योदय क्वाटरफाइनलमा

अघिल्लो समाचार

मुख्यमन्त्री कार्कीसँगै २ मन्त्रीले लिए शपथ

Related Posts

सत्ता गठबन्धनसँग कांग्रेस एक्लै भिड्दै
banner -2

आज मेची उद्योग बाणिज्य संघकाे चुनाव

बैशाख २६, २०८३, १:५५ .शनिबार
गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए
banner

गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए

बैशाख २५, २०८३, २:३७ .शुक्रबार
थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सर्वोच्चले भन्यो–‘सुकुम्वासी बस्ती नहटाउ’

बैशाख २५, २०८३, १:५२ .शुक्रबार
हात्तीको समस्या समाधानका लागि सर्वदलीय छलफल
banner -1

हात्तीको समस्या समाधानका लागि सर्वदलीय छलफल

बैशाख २४, २०८३, ४:२२ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.