इलाम, २६ बैशाख । गत संस्करणको उपविजेता फाकफोकथुम गाउँपालिकालाई हराउँदै सूर्योदय नगरपालिका दोश्रो माईजोगमाई गाउँपालिका अध्यक्षकप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ ।
प्रतियोगिताको दोश्रो प्रि–क्वाटरफाइनल खेलमा सूर्योदयले २–० गोल अन्तरको जित निकालेको हो । सूर्योदयको जितमा पाल्देन तामाङ र सौरभ कार्कीले गोल गरे । खेलको ८ औ मिनेटमा पाल्देनले सूर्योदयलाई अग्रता दिलाए ।
६१ औ मिनेटमा कप्तान अर्जुन गुरुङको कर्नर प्रहारलाई हेडर मार्फत गोल गर्दै सौरभले अग्रता दोब्बर बनाए । खेलको म्यान अफ दि म्याच सूर्योदयका कप्तान गुरुङ घोषित भए ।
जितसँंगै सूर्योदयले माई नगरपालिकासंग भेट पक्का गरेको छ । प्रतियोगितामा विहीबार पहिलो क्वाटरफाइनल खेलमा घरेलु टिम माईजोगमाई गाउँपालिका र रोङ गाउँपालिका तथा दोश्रो क्वाटरफाइनल खेलमा देउमाई नगरपालिका र चुलाचुली गाउँपालिका भिड्नेछन् ।
माईजोगमाई गाउँपालिका खेलकुद विकास परिषदको आयोजनामा बालागुरु खेलमैदानमा आगामी बैशाख ३१ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिताको बिजेताले २ लाख ११ हजार १११ र उपविजेताले १ लाख २१ हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् ।
Discussion about this post