४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कोशीमा शुक्रबारसम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान

बैशाख २७, २०८१, ३:१६ .बिहिबार
0
0
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर, २७ बैशाख । कोशीका प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबारसम्म नयाँ सरकार गठनको आह्वान गरेका छन् ।

मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा विश्वासको मत नलिएकाले उनी पदमुक्त भएको निष्कर्ष निकाल्दै प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (५) अनुसार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई बैशाख २८ गते अपरान्ह ५ बजेभित्र मुखयमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।

कोशीमा मुख्यमन्त्री केदार कार्की पदमुक्त हुने वा नहुने विषयमा सत्तारुढ र प्रतिपक्षबीच विवाद रहेका बेला प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीले साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत नलिएकाले सरकार रिक्तताको अवस्था देखाउँदै नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

चैत २६ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका थिए । एमाले र माओवादीले आफूहरुले समर्थन फिर्ता लिएका कारण मुख्यमन्त्रीले २५ बैशाखसम्म प्रदेशसभामा विश्वासको मत लिनुपर्ने मत राख्दै आएका थिए ।

र प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने र नलिए बैशाख २५ गतेपछि पदमुक्त हुने व्यहोराको संकल्प प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए । उक्त संकल्प प्रस्ताव प्रदेशसभाले पारित पनि गरेको थियो ।

मुख्यमन्त्री कार्कीले भने संविधानको धारा १६८ (५) बमोजिमको मुख्यमन्त्रीले विश्वासको मत लिनुनपर्ने अडान राख्दै आएका थिए ।
बुधबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीले विश्वासको मत नलिई ३० दिन गुजारेकाले सरकार रिक्तताको अवस्था रहेको भन्दै नयाँ सरकार गठन आह्वान गर्न माग गरेका थिए ।

प्रदेश प्रमुख खापुङले यस विषयमा महान्यायाधिवक्ता कार्यालयसँग राय पनि माग गरेका थिए । महान्यायाधिवक्ताको कार्यालयले राय पठाएपछि राति ११ बजे नयाँ सरकार गठन आह्वान गरिएको हो ।

सरकार गठनको आह्वान भएपछि एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा विहीबार एमाले संसदीय दलका नेता हिक्कमतकुमार कार्कीले दाबी पेश गर्ने छन् । आज दाबी पेश गर्ने तयारी भएको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । एमालेसँग ४० र माओवादी केन्द्रसँग १३ सांसद गरी ५३ जना सांसद रहेकाले सरकार निर्माणका लागि दुई दलसँग बहुमत छ ।

सरकार गठनको आह्वानका विरुद्ध मुख्यमन्त्री केदार कार्की भने सर्वाेच्च अदालत जाने तयारीमा छन् । उनी सर्वाेच्च जानुअघि नै मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नियुक्त गर्ने तयारी छ ।

असंवैधानिक काम भयो : मुख्यमन्त्री कार्की

मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङले असंवैधानिक कदम चालेको बताएका छन् । एउटा सरकार हुँदाहुँदै प्रदेश प्रमुखले अर्काे सरकार गठनको आह्वान गरेर असंवैधानिक कदम चालेको बताएका हुन् । उनले भने ‘संविधानले दुई वटा सरकारको परिकल्पना गरेको छैन ।’

मुख्यमन्त्री कार्कीले आफू बहाल रहेकै अवस्थामा नयाँ सरकार गठनको आह्वान गर्नु असंवैधानिक भएको दबी गरे । ‘यो असंवैधानिक कदम भयो’, मुख्यमन्त्री कार्कीले भने– ‘प्रदेश प्रमुखको कदम विरुद्ध विहीबार सर्वाेच्च अदालतमा रिट दिने छु ।’

पछिल्लो समाचार

ओमसाई हस्पिटलद्वारा आमाहरु सम्मानित

अघिल्लो समाचार

माईजोगमाई अध्यक्ष कप : सूर्योदय क्वाटरफाइनलमा

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.