२१ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

लागूऔषध दुव्र्यसन नियन्त्रण सम्बन्धी गोष्ठी

बैशाख २८, २०८१, ३:४९ .शुक्रबार
0
0
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

भद्रपुर, २८ बैशाख । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि रणनीति बनाएरअघि बढ्ने बताएका छन् ।

भद्रपुर नगरपालिकाको सहयोगमा नारी सञ्चार गृह झापाको आयोजनामा सञ्चालित दुइदिने लागूऔषध दुव्र्यसन तथा ओसार–पसार नियन्त्रणमा हाम्रो भूमिका विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख पोखरेलले लागूऔषध नियन्त्रण चुनौती बन्दै गएको बताउँदै गोष्ठीबाट प्राप्त सुझावलाई आधार मानेर सबै वडाका जनप्रतिनिधिहरूबीच छलफल गरी नियन्त्रणका लागि रणनीति बनाएरअघि बढ्ने प्रतिवद्वता व्यक्त गरेका थिए ।

खुल्ला सिमानाका कारण भद्रपुर नगरपालिका लागूऔषधको प्रत्यक्ष प्रभावमा रहेको बताउँदै नियन्त्रणका लागि ठोस कदम चाल्नुपर्ने कुरामा नगरपालिकाले गम्भीर रूपमा लिएको बताए ।

लागूऔषध दुव्र्यसन तथा ओसार पसार विरुद्ध काम गर्ने सुरक्षा संयन्त्रदेखि देशकै ध्यान झापा केन्द्रित भएको उल्लेख गर्दै नगरप्रमुख पोखरेलले वडादेखि टोलसम्म पुग्ने किमिसले योजना बनाइने उनको भनाई थियो ।

सो अवसरमा सहभागीका तर्फबाट दुर्गा निरौला, बुद्धिसागर आचार्य, इन्द्रप्रसाद ओली, सरोज कोइराला लगायतले लागूऔषध तथा दुव्र्यसनको स्थिति भयावह बनेको भन्दै तत्काल टोलदेखि वडासम्मै, विद्यालयदेखि युवा, सबैलाई लक्षित कार्यक्रम ल्याउन माग गरेका थिए ।

उनीहरुले लागूऔषध दुव्र्यसनको र त्यसको असरबारे स्कूलका पाठ्यक्रममा समेत समेट्न आग्रह गरे । सीमा नाकामा दैनिक कवाडी ओसार्ने नाममा हुने ओहोर–दोहोर र गतिविधिलाई निगरानीमा राख्न समेत सहभागीले माग गरेका थिए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, सामाजिक विकास शाखा प्रमुख जीवनकला राउत लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा नारी सञ्चार गृहकी पूर्व अध्यक्ष अम्बिका भण्डारीले संस्थाले गर्दै आएका काम तथा उठाउँदै आएका सार्वजनिक महत्वका विषय र रिपोर्टिङका क्रममा पाइएका लागूऔषधले समाजमा पारेको असरबारे प्रकाश पारेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय झापा अन्तरगत इलाका प्रहरी कार्यालय हल्दीबारीका इन्चार्ज प्रहरी सहायक निरीक्षक ओमराज पौडेल, पूर्नजन्म समूह नेपालका राजु गिरी, सहजीकरण नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहाल र भीमा शिवाकोटीले सहजीकरण गरेका थिए ।

नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा सम्पन्न गोष्ठीको कार्यक्रम संयोजक एवम् सहसचिव जोस्ना श्रेष्ठले सञ्चालन गरेकी थिइन ।

पछिल्लो समाचार

२० प्रतिशत महिलामा पाठेघर खस्ने समस्या : डा.भजु

अघिल्लो समाचार

महिला प्रिमियर लिग : उद्घाटन खेलमा सुपर किङग्स विजयी

Related Posts

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार
झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा
अर्थ

झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

कार्तिक १८, २०८२, १:४१ .मङ्लबार
निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण
banner -2

निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण

कार्तिक १८, २०८२, १:०३ .मङ्लबार
झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा

कार्तिक १७, २०८२, ३:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.