झापा, ३ जेठ । प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेबीच धकेलाधकेल भएको छ ।
कांग्रेसको नाराबाजीको बीचमा सभामुख देवराज घिमिरले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि धकेलाधकेल भएको हो ।
सदनमा कांग्रेस र एमालेका सांसदबीच धकेलाधकेलको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कांग्रेस उपसभापति धनराज गुरुङले अभद्र व्यवहार गरेका छन् । ओली र गुरुङबीच चर्काचर्की परेपछि अन्य सांसदहरु पनि धकेलाकेलमा उत्रिएका हुन् ।
गृहमन्त्री रवि लामिछानेलाई कांग्रेस सांसदहरुले रोष्टमतर्फ जान रोकपछि एमाले अध्यक्ष केपी शर्माले उनलाई अघि बढ्न इसारा गर्दै उठेका थिए । त्यसक्रममा कांग्रेसका गुरुङले ओलीको नजिकै गएर औंला उझ्याउँदै अभद्र व्यवहार गरेका थिए ।
गुरुङ हात हाल्ने ढंगले प्रस्तुत भएपछि एमालेका प्रमुख सचेतक महेश वर्तौला,ठाकुर गैरे,रघुजी पन्त,सुर्य थापालगायत प्रतिवादमा उत्रिएका थिए । त्यसपछि हात हालाहाल भएको हो ।
सांसदहरुबीच मुडभेडको स्थिती भएपछि सभामुख देवराज घिमिरेले शुक्रबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेका छन् ।
उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै सदन अवरोध, नाराबाजी र वेल घेराउ गर्दै आइरहेको छ ।
(नेपाल प्रेसबाट)
Discussion about this post