झापा, ११ जेठ । नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटी अध्यक्ष शिवकुमार राजभण्डारी कार्यकर्ताको समूहसहित नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेता भण्डारी पहिलो स्थानीय तहको निर्वाचनमा माओवादीका तर्फबाट भद्रपुरको मेयरको उम्मेदवार र दोस्रो निर्वाचनमा गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार बनेका थिए ।
भण्डारीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विहीबार दमक नगर कमिटीको अधिवेशन कार्यक्रममा अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।
उनीसँगै भद्रपुरका नरपति चापागाईं, चन्द्र तामाङ लगायत २०० जना कार्यकर्ता एमालेमा प्रवेश गरेको कोशी प्रदेशका पूर्व सांसद बसन्त बानियाँले बताए ।
Discussion about this post