मेचीनगर, १८ जेठ । मेची उद्योग बाणिज्य संघले आज आयोजना गरेको स्वास्थ्य शिविरमा १३८ जना विरामीले प्रत्यक्ष सेवा लिएका छन् ।
धुलाबारी स्थित राधास्वामीको भवनमा बाणिज्य संघले आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा मेचीनगरका सबै वडा र इलाम जिर्मलेका समेत गरी १३८ जना विरामीले स्वास्थ्य जाँच गराएका हुन् ।
विरामीहरुले शिविरमा सुगर, प्रेसर, भिडियो एक्सरे, युरिन लगायत स्वास्थ्य जाँच गराएका थिए । बाणिज्य संघले ८० हजार मुल्य बराबरको औषधि निःशुल्क वितरण गरेको कार्यकारी निर्देशक गोपाल वस्नेतले जानकारी दिए ।
शिविरमा विराट मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरको प्राविधिक सहयोग रहेको थियो । शिविरमा डा.सुरज राउत, नर्सहरु स्वास्तिका चौधरी, सल्जा तामाङ, ल्याव टेक्निसियन होम पराजुली, वर्डा एटेन्डेन्ट जोट्का उराउँ, होमकुमारी मगर लगायतको सहभागीता रहेको थियो ।
स्वास्थ्य शिविरमा नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश विराटनगर महिला उद्यम विकास समितिको समन्वय र स्थानीय राधास्वामी सत्संग परिवार धुलाबारीको सहयोग रहेको थियो ।
शिविरमा मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई, संस्थापक अध्यक्ष पन्नालाल जैन, निवर्तमान अध्यक्ष ऋषिराज तिम्सिना, उद्योग उपाध्यक्ष भुमिराज पौडेल, बाणिज्य उपाध्यक्ष कञ्चन बराल, महलिा उपाध्यक्ष निर्मला भण्डारी चौहान, महासचिव दिनेश शाक्य, सदस्यहरु सन्तोष खवास, मानकुमार कटुवाल, आनन्द खड्का, राजेश बंशल, श्याम न्यौपाने, कार्यकारी निर्देशक वस्नेत लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post