२० बैशाख २०८३, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

काँकरभिट्टा खानेपानी चुनाव

घर–घरमा पुगेर भोट माग्दै उम्मेदवारहरु

जेष्ठ १८, २०८१, १:१२ .शुक्रबार
0
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १८ जेठ । आसन्न जेठ २६ गते हुने काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको चुनावका लागि सन्तोष आचार्यको नेतृत्वको प्रगतिशील समाजवादी संयुक्त प्यानलका साझा उम्मेदवारहरु भोट माग्दै घरदैलोमा पुगिरहेका छन् ।

अध्यक्षका उम्मेदवार आचार्यको नेतृत्वमा प्रगतिशील समाजवादी संयुक्त प्यानलका साझा उम्मेदवारहरूले मतदाताहरुका गुनासा सुन्न घरदैलोमा पुगेका हुन् ।

शुक्रबार पाँचौं दिनको घरदैलो कार्यक्रममा पुगेका उम्मेदवारहरूलाई विजयीको लागि उत्साहका साथ मतदाताहरुले निरन्तर पहिलो दिनदेखि नै शुभकामना दिँदै मतदान गर्ने बताएको प्रगतिशील समाजवादी संयुक्त प्यानलका निर्वाचन परिचालन एवम् प्रचारप्रसार संयोजक श्रीप्रसाद मैनालीको दावी छ ।

उनले आफ्नो प्यानलका उम्मेदवारहरुलाई मतदाताले आशा गरेको दक्ष र सक्षम व्यक्तित्वहरु चुनावी मैदानमा रहेकाले पनि सबैले मत दिनेमा आफुहरु ढुक्क रहेको बताए ।

काँकरभिट्टा खानेपानीको जेठ २६ गते हुने निर्वाचनका लागि यतिबेला प्रगतिशील समाजवादी संयुक्त प्यानलबाट अध्यक्ष पदका उम्मेदवार आचार्य, उपाध्यक्ष गोविन्द्र गिरी, सचिव दिलीपजंग सुब्बा, कोषाध्यक्ष बिमला तामाङ तथा सदस्यहरु मीरा कार्की, इन्दिरा बुढाथोकी अधिकारी, तिर्थ नेपाल, पर्शुराम निरौला र डिल्लीकुमार काफ्ले छन् ।

त्यसैगरी लेखा समितिका संयोजक सोमराज ढकाल तथा सदस्यहरुमा जोस्ना राजबंशी र बालकुमार भुजेल घरदैलोमा व्यस्त छन् ।

अध्यक्षका पदका उम्मेदवार आचार्य सामाजिक र राजनीतिक क्षेत्रमा लोकप्रिय नाम हो । सानै उमेरदेखि सामाजिक क्षेत्रमा सक्रिय उनीसँग विभिन्न सामाजिक संघ–संस्थामा रहेर काम गरेको अनुभव छ ।

उनी नेपाल पत्रकार महासंघ झापाका पूर्व सचिव, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य, नाइट चेस क्लबका पूर्व महासचिव, प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्षको जिम्मेवार कुशलतापूर्वक पूरा गरिसकेका छन् । उनले काँकरभिट्टा खानेपानी कार्यालमा हुँदा सामान्य कर्मचारीका रुपमा लामो समय काम गरेको अनुभव छ ।

त्यस्तै उपाध्यक्ष पदका उम्मेदवार गोविन्द्र गिरी, सचिव दिलीपजंग सुब्बाले अहिले पनि काँकरभिट्टा खानेपानीको नेतृत्व कुशलतापूर्वक ढंगले निर्वाह गरिरहेका परिचित नाम हुन् ।

कोषाध्यक्ष बिमला तामाङ सामाजिक क्षेत्रमा सक्रिय छिन् । यस प्यानलका सबै उम्मेदवारहरु सक्षम र योग्य रहेकाले जित्ने सम्भावाना बढी रहेको प्रचारप्रसार संयोजक मैनालीको भनार्य छ ।

यता लोकतान्त्रिक प्रगतिशील साझा प्यानलका उम्मेदवारहरु पनि घरदैलो अभियानमा व्यस्त छन् । अध्यक्ष पदका उम्मेदवार रोहित बुढाथोकी, उपाध्यक्ष राजु दाहाल, सचिव विशाल तामाङ, कोषाध्यक्ष बिमला देवकोटा तथा सदस्यहरुमा सीतादेवी कार्की थापा, केशरजंग भट्टराई, पवित्रा तिवारी, इन्द्रबहादुर प्रधान, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट पूर्णबहादुर लिम्बु छन् । त्यस्तै लेखा समिति संयोजकमा किशोर शर्मा भण्डारी तथा सदस्यमा विकास राउत र रीता घिमिरे रहेका छन् ।

यसैगरी, रास्वपा समुहबाट अध्यक्षमा सुदर्शन खड्का (माइला), उपाध्यक्षमा कृष्णबहादुर सुवेदी (किरण), सचिवमा नरेन्द्र शिवाकोटी, कोषाध्यक्ष सुधादेवि खड्का घरदैलो अभियानमा जुटेका छन् । सदस्यहरूमा दिपेश तिवारी, राजकुमार गिरी, सुनिता सहनी र लक्ष्मी कटुवाल थापा चुनावी मैदानमा छन् ।

यसैगरी लेखा समिति संयोजकमा भेषराज ओली र सदस्यमा प्रज्वल गौतम पनि उपभोक्ताको घरदैलो भोट माग्दै हिडिरहेका छन् ।

काँकरभिट्टा खानेपानीमा करिव ८ हजार मतदाता रहेका छन् ।

पछिल्लो समाचार

इलाम लिग : सेमिफाइनल खेल्ने टिम पक्का

अघिल्लो समाचार

बाणिज्य संघको स्वास्थ्य शिविरमा १३८ जना लाभान्वित

Related Posts

विदेशबाट फर्किएका युवालाई रोजगारी दिन्छौं : प्रदेश अध्यक्ष राउत
banner

विदेशबाट फर्किएका युवालाई रोजगारी दिन्छौं : प्रदेश अध्यक्ष राउत

बैशाख १९, २०८३, १:३९ .शनिबार
कान्तिपुर टेलिभिजनका पत्रकार गणेशमान मुखिया सम्मानित
banner -1

कान्तिपुर टेलिभिजनका पत्रकार गणेशमान मुखिया सम्मानित

बैशाख १९, २०८३, ९:५४ .शनिबार
यूएई विरुद्ध नेपालकाे राेमाञ्चक जित
box -2

यूएई विरुद्ध नेपालकाे राेमाञ्चक जित

बैशाख १८, २०८३, १:४८ .शुक्रबार
प्रसाईं नेतृत्वकाे साझा व्यवसायी समूहका उम्मेदवारहरूकाे नाम घाेषणा
banner -2

प्रसाईं नेतृत्वकाे साझा व्यवसायी समूहका उम्मेदवारहरूकाे नाम घाेषणा

बैशाख १८, २०८३, १:०४ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.