५ माघ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

विश्व दुध दिवस

किसानको समस्या ३ महिनाभित्र टुंग्याउँछु : मन्त्री ज्वालाकुमारी

जेष्ठ १९, २०८१, १२:०७ .शनिबार
0
0
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १९ जेठ । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले दुग्ध किसान र व्यवसायीहरुको समस्या तीन महिनाभित्र टुंग्याउँने बताएकी छन् ।

आज मेचीनगर–१४ स्थित एनएमसीको कृषि एग्रो फार्ममा राष्ट्रिय दुग्ध विकास वोर्डले २४ औँ विश्व दुध दिवस आयोजना गरेको कार्यक्रममा संघीय मन्त्री साहले यस्तो कुरा बताएकी हुन् ।

उनले किसानलाई भुक्तानी हुन बाँकी रहेको दुधको मुल्य पाई पाई हिसाव गरेर ३ महिनाभित्र समाधान गरिने दावी गरिन् । काठमाडौँमा मात्र सिमित रहेको यस्तो कार्यक्रम पहिलो पटक उपत्यका बाहिर कोशी प्रदेश, झापाको मेचीनगरमा किसानलाई समेट्ने गरी एनएमसी कृषि एग्रोको गोठमा विश्व दुध दिवस कार्यक्रम आयोजना गरिएको मन्त्री साहको भनाई छ ।

राज्यले किसानलाई आत्मनिर्भर बनाउने उदेश्यले देशैभरका कृषकहरुलाई सहुलियत र अनुदानमा प्रविधिहरु प्रदान गरेको उनले बताइन् । ‘राम्रो काम गर्ने किसान र दुग्ध व्यवसायीहरुलाई सम्मान गरिनेछ’, मन्त्री साहले भनिन्–‘यदि राज्यबाट लिएको अनुदानलाई दुरुपयोग गरे दण्ड जरिवानाको भागिदान पनि हुनुपर्छ ।’

शुक्रबार झापा आएकी मन्त्री साहले दमक, गौरादह, बाहुनडाँगी लगायतका क्षेत्रमा गएर गाई फार्मको अवलोकन गरेकी छन् ।

कार्यक्रममा कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयकी राज्यमन्त्री सिर्जना राईले किसानका समस्याहरु बुझेको बताइन् । सरकारले निरन्तरता नपाएका कारण किसान र दुग्ध व्यवसायीहरुको पिरमर्कालाई पहल गर्न नसकिरहेको उनको भनाई छ ।

कार्यक्रममा कोशी सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव लेखराज दाहाल, दुग्ध विकास संस्थानका महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारी, राष्ट्रिय दुग्ध विकास वोर्डका सदस्य सुमित केडिया, दुग्ध सहकारी संघका केन्द्रीय अध्यक्ष अम्बरबहादुर कुँवर, डेरी उद्योग संघ अध्यक्ष राजकुमार दाहाल, नेपाल डेरी एशोसिएसनका उपाध्यक्ष सियाराम सिंह, कोशी प्रदेश दुग्ध व्यवसायी एवम् नेपाल बहुउदेश्सीय सहकारी संस्था (एनएमसी)का संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

एनएमसी डेरी र कृषक पनि सम्मानित

सोही अवसरमा उत्कृष्ट कृषक, उत्कृष्ट सहकारी संस्था, उत्कृष्ट पशुपालन फार्म, उत्कृष्ट दुग्ध उद्योगी, उत्कृष्ट कृषि पत्रकार र डेरी विज्ञलार्य सम्मान गरिएको छ ।

उत्कृष्ट कृषकका रुपमा झापाका राजकुमार तामाङ र मोरंगका विज्ञान वस्नेत, उत्कृष्ट सहकारी संस्थामा पिठुवा दुग्ध उत्पादक सहकारी संस्था चितवन र कामधेनु दुग्ध विकास सहकारी संस्था सुनसरी, उत्कृष्ट पशुपालन फार्ममा सिंहदेवी पशुपालन सहकारी संस्था तेहथुम, उत्कृष्ट दुग्ध उद्योगीका रुपमा एनएमसी डेरी उद्योग झापा र गल्फु विनायक डेरी काभ्रे, उत्कृष्ट कृषि पत्रकारका रुपमा अभियान आर्थिक दैनिकका पत्रकार प्रशान्त खड्का र डेरी विज्ञ प्रो. डा. भेषराज भण्डारीलाई विशेष सम्मान गरिएको छ ।

राष्ट्रिय दुग्ध विकास वोर्डका निमित्त निर्देशक डा.बालक चौधरीको अध्यक्षता, स्वागत पशु सेवा विभागका उपमहानिर्देशक डा. विनयकुमार कर्ण र सञ्चालन शाखा अधिकृत दिपेन्द्र अधिकारीले गरेका थिए ।

(शव्द : अर्जुन कार्की÷ फोटो : देवेन्द्र खरेल)

पछिल्लो समाचार

पेट्रोल ३, डिजेल र मट्टितेल लिटरमा १ रुपैयाँ घट्यो

अघिल्लो समाचार

अब बीएण्डसीमा निःशुल्क हेमोडायलाइसिस सेवा पनि

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.