२७ फाल्गुन २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

खानेपानी चुनाव

जे काममा हात हाल्छु, त्यो पुरा गर्छु : बुढाथोकी

जेष्ठ २३, २०८१, ३:५७ .बुधबार
0
0
0
SHARES
299
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २३ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको यहि जेठ २६ गते हुने निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट लोकतान्त्रिक प्रगतीशिल साझा प्यानल खडा गरी रोहित बुढाथोकीको नेतृत्वमा चुनावी मैदानमा छ । अध्यक्षका उम्मेद्वार बुढाथोकीसँगको कुराकानी ।

तपाईले खानेपानी चुनावलाई कसरी लिनु भएको छ ?

खानेपानीको चुनाव स्वभाविक प्रक्रिया हो । यो सामाजिक कार्य गर्ने एउटा महत्वपूर्ण ठाउँ हो । संस्थालाई बुझेको र संस्था हाक्न सक्ने व्यक्ति त्यहाँ पुग्न आवश्यक छ । हाम्रो टिम एकताबद्ध भएर मतदाताको घर दैलोमा पुगीरहेको छ । पार्टीभन्दा माथि उठेर काम गर्नेछौं ।

खानेपानीका चुनौतिहरु के छन् ?

पुरानो संस्था भएपनि क्षेत्र विस्तार हुँदै ७ वटा वडामा पुगेको छ । ट्याङ्कीहरु विस्तार भएका छन् । तर, धेरै उपभोक्ता खानेपानीबाट बन्चित छन् । विपन्न परिवारलाई समेत खानेपानी उपलब्ध गराउनु पर्ने दायित्व छ ।

बारम्बार कालोपानी आउने समस्या छ । त्यसको दिगो समाधान खोज्नु छ । यतिखेर सडक विस्तारको क्रममा छ । सडक विस्तार गर्दा धेरै पाइपहरु काटिने फुट्ने सम्भावना छ । यी सबैखाले चुनौतिलाई समाधान गरेर अघि बढ्नेछौं ।

तपाईंका चुनावी एजेण्डा के छन् ?

स्वच्छ र सर्वसुलभ खानेपानीको निरन्तरता हाम्रो प्रतिबद्धता हो । स्वस्थ जीवन जिउन स्वच्छ खानेपानी वितरण गर्नेछौं । संस्थामा लामो समयदेखि ऋण भार बढी रहेको छ । त्यसलाई समेत विभिन्न श्रोतको खोजीगरी ऋण भार घटाउने छौँ ।

तपाईंले प्रतिष्पर्धीलाई कसरी हेर्नु भएको छ ?

चुनाव स्वस्थ प्रतिष्पर्धाबाट हुनुपर्छ । सबै प्रतिष्पर्धी साथिभाइहरु चुनावी मैदानमा हुनुहुन्छ । उहाँहरु सबैले मलाई सम्मान गर्नु हुन्छ । मलाई आदर गर्नु हुन्छ । म उहाँहरुलाई सम्मान गर्छु ।

खानेपानीलाई मेचीनगरले प्राधिकरण बनाउने कुरा के हो ?

खासगरी यो राज्य पक्षले नै गर्ने काम हो । स्थानीय सरकारले सम्पूर्ण नगरवासीलाई सर्वसुलभ ढंगबाट स्वच्छ खानेपानी उपलब्ध गराउन सके राम्रै सन्देश जाला । तर, राज्य पक्षले यो काम गर्न सक्ने अवस्था देखिँदैन ।

सरकारको स्वामित्वमा आएपछि ढिलासुस्ती हुन सक्छ । यो विषयलाई बुझेर स्थानीय सरकारले प्राधिकरणमार्फत प्रभावकारी सेवा दिने आँट गरेर अघि बढ्यो भने पनि त्यसलाई सहज रुपमा लिनुपर्छ । तर, सेवा प्रभावकारी हुनुपर्छ । सम्पूर्ण नगरबासी सर्वसुलभ ढंगले पानी खान पाउनु पर्छ ।

अन्त्यमा ?

मिठा र चिप्ला भाषणकला मैले जानेको छैन । तर, म जे कामका लागि अघि बढ्छु त्यो काम पुरा गर्ने बानी छ । तपाईंहरुको एक–एक मतको सम्मान गर्नेछु । म लगायत हाम्रो टिमलाई उपभोक्ताले बुझ्नु भएकै होला ।

(मेची आवाज साप्ताहिकबाट)

पछिल्लो समाचार

भुईमान्छे हुँ, भुईमान्छेको पक्षमा काम गर्छु : आचार्य

अघिल्लो समाचार

उपभोक्ताको हितमा काम गर्नेछौँ : खड्का

Related Posts

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र
box -2

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र

फाल्गुन २६, २०८२, ४:०९ .मङ्लबार
सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित
box -3

सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित

फाल्गुन २४, २०८२, ८:१४ .आइतवार
झापा जिल्ला रास्वपाको क्लीन स्वीप
banner

झापा जिल्ला रास्वपाको क्लीन स्वीप

फाल्गुन २४, २०८२, ५:५१ .आइतवार
झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित
banner -2

झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित

फाल्गुन २३, २०८२, ३:३८ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.