मेचीनगर, २७ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको जारी मतगणनाको पारम्भिक नतिजा अनुसार लोकतान्त्रिक साझा प्यानलका अध्यक्षका उम्मेदवार रोहित बुढाथोकीको अग्रता कायमै रहेको छ ।
पछिल्लो पटक ४ सय मत परिणाम अनुसार लोकतान्त्रिकका अध्यक्षका रोहित बुढाथोकीको १७९, प्रगतिशील समाजवादी प्यानलका अध्यक्षका उम्मेद्वार सन्तोस आचार्यको १४६ र रास्वपाका अध्यक्षका उम्मेद्वार सुदर्शन खड्काको ३२ मत प्राप्त भएको छ ।
प्रगतिशील समाजवादी प्यानलका उपाध्यक्ष गोविन्द गिरीको १९४, लोकतान्त्रिकका उपाध्यक्ष राजकुमार दाहालको १०४ र रास्वपाका उपाध्यक्ष कृष्ण सुवेदीले ४७ मत रहेको छ ।
सचिवमा लोकतान्त्रिकका विशाल तामाङको १५१, प्रगतिशीलका सचिव दिलिपजंग सुब्बाको १३७, र रास्वपाका सचिवका उम्मेदवार नरेन्द्र शिवाकोटीले ६१ मत प्राप्त भएको छ ।
त्यस्तै प्रगतिशील प्यानलकी कोषाध्यक्ष बिमला तामाङले १६२, लोकतान्त्रिककी विमला देवकोटाले १४० र रास्वपाकी कोषाध्यक्ष सुधादेवी खड्काले ३५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
Discussion about this post