मेचीनगर, २७ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको जारी मतगणनाको पारम्भिक नतिजा अनुसार लोकतान्त्रिक साझा प्यानलका अध्यक्षका उम्मेदवार रोहित बुढाथोकीको अग्रता कायमै रहेको छ ।
पछिल्लो पटक ६ सय मत परिणाम अनुसार लोकतान्त्रिकका अध्यक्षका रोहित बुढाथोकीको २५६, प्रगतिशील समाजवादी प्यानलका अध्यक्षका उम्मेद्वार सन्तोस आचार्यको २२४ र रास्वपाका अध्यक्षका उम्मेद्वार सुदर्शन खड्काको ५१ मत प्राप्त भएको छ ।
प्रगतिशील समाजवादी प्यानलका उपाध्यक्ष गोविन्द गिरीको ३०२, लोकतान्त्रिकका उपाध्यक्ष राजकुमार दाहालको १४५ र रास्वपाका उपाध्यक्ष कृष्ण सुवेदीले ६७ मत रहेको छ ।
सचिवमा लोकतान्त्रिकका बिशाल तामाङको २२६, प्रगतिशीलका सचिव दिलिपजंग सुब्बाको २११, र रास्वपाका सचिवका उम्मेदवार नरेन्द्र शिवाकोटीले ८२ मत प्राप्त भएको छ ।
त्यस्तै प्रगतिशील प्यानलकी कोषाध्यक्ष बिमला तामाङले २२६, लोकतान्त्रिककी विमला देवकोटाले २०० र रास्वपाकी कोषाध्यक्ष सुधादेवी खड्काले ५० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
Discussion about this post