भद्रपुर, २७ जेठ । ओमसाई पाथिभरा अस्पताल भद्रपुरले स्वास्थ्य जाँचमा प्रयोग हुने ‘एमआरआई मेसिन’ भित्राएको छ ।
अस्पतालका अध्यक्ष दिपक पोखरेलले जर्मनीबाट १७ करोड लगानीमा ‘एमआरआई मेसिन’ खरिद गरेर ल्याएको जानकारी दिए ।
मेसिन जडान गर्न एकहप्ता लाग्ने र त्यसपछि नियमित प्रयोगमा ल्याइने उनले बताए । यसअघि सोही प्रकृतिको मेसिनबाट बिर्तामोडको बीएन्डसी अस्पतालमा पनि सेवा उपलब्ध भइरहेको छ ।
ओमसाईले उपचार सेवालाई थप गुणस्तरीय, प्रविधियुक्त र विस्तारित गर्न एक अर्ब १५ करोड लगानी थप्ने योजना बनाएको पोखरेलको भनाई छ ।
एकसय शैयाको अस्पताललाई आगामी एक वर्षाभित्र ३०० शैयामा विस्तार गर्नका लागि सरकारसँग २०० शैया थप्न अनुमति मागिसकेको उनले बताए ।
अस्पतालले आगामी आर्थिक वर्षको सुरुदेखि आँखा उपचारको सेवा समेत प्रदान गर्ने भएको छ । यसका लागि ३५ करोड लगानी गरेर जाँच उपकरण ल्याइसकेको छ ।
यसैगरी मुटु र मिर्गौलाका विरामीका लागि उपचार गर्न ८० करोड लगानी गरिएको छ । उक्त सेवा एक वर्षभित्रै सुरु गरिने अस्पतालका प्रबन्ध निर्देशक बालकुमार पोखरेल(साईराम)ले बताए ।
Discussion about this post