मेचीनगर, २७ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको जारी मतगणनाको पारम्भिक नतिजा अनुसार लोकतान्त्रिक साझा प्यानलका अध्यक्षका उम्मेदवार रोहित बुढाथोकी २८ मतले अगाडि बढेका छन् ।
पछिल्लो पटक १४०० मत परिणाम अनुसार लोकतान्त्रिकका अध्यक्षका रोहित बुढाथोकीको ५६९, प्रगतिशील समाजवादी प्यानलका अध्यक्षका उम्मेद्वार सन्तोस आचार्यको ५४१ र रास्वपाका अध्यक्षका उम्मेद्वार सुदर्शन खड्काको १०६ मत प्राप्त भएको छ । आचार्य भन्दा ५५ मतले रोहित अगाडि रहेका छन् ।
प्रगतिशील समाजवादी प्यानलका उपाध्यक्ष गोविन्द गिरीको ६६२, लोकतान्त्रिकका उपाध्यक्ष राजकुमार दाहालको ३६६ र रास्वपाका उपाध्यक्ष कृष्ण सुवेदीले १७८ मत रहेको छ ।
सचिवमा लोकतान्त्रिकका बिशाल तामाङको ५३२, प्रगतिशीलका सचिव दिलिपजंग सुब्बाको ४७५ र रास्वपाका सचिवका उम्मेदवार नरेन्द्र शिवाकोटीले १८४ मत प्राप्त भएको छ ।
त्यस्तै प्रगतिशील प्यानलकी कोषाध्यक्ष बिमला तामाङले ६१३, लोकतान्त्रिककी विमला देवकोटाले ४४३ र रास्वपाकी कोषाध्यक्ष सुधादेवी खड्काले १११ मत प्राप्त गरेको निर्वाचन समिति सदस्य दिपक पोखरेलले जानकारी दिए ।
Discussion about this post