मेचीनगर, २७ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको जारी मतगणनाको पारम्भिक नतिजा अनुसार लोकतान्त्रिक साझा प्यानलका अध्यक्षका उम्मेदवार रोहित बुढाथोकी ७६ मतले अगाडि बढेका छन् ।
पछिल्लो पटक १६०० मत परिणाम अनुसार लोकतान्त्रिकका अध्यक्षका रोहित बुढाथोकीको ६८२, प्रगतिशील समाजवादी प्यानलका अध्यक्षका उम्मेद्वार सन्तोस आचार्यको ६०६ र रास्वपाका अध्यक्षका उम्मेद्वार सुदर्शन खड्काको १२१ मत प्राप्त भएको छ । आचार्य भन्दा ७६ मतले बुढाथोकी अगाडि रहेका छन् ।
प्रगतिशील समाजवादी प्यानलका उपाध्यक्ष गोविन्द गिरीको ७४७, लोकतान्त्रिकका उपाध्यक्ष राजकुमार दाहालको ४१७ र रास्वपाका उपाध्यक्ष कृष्ण सुवेदीले ३०७ मत रहेको छ ।
कचिवमा लोकतान्त्रिकका बिशाल तामाङको ६००, प्रगतिशीलका सचिव दिलिपजंग सुब्बाको ५३६ र रास्वपाका सचिवका उम्मेदवार नरेन्द्र शिवाकोटीले २१४ मत प्राप्त भएको छ ।
त्यस्तै प्रगतिशील प्यानलकी कोषाध्यक्ष बिमला तामाङले ६९३, लोकतान्त्रिककी विमला देवकोटाले ५०७ र रास्वपाकी कोषाध्यक्ष सुधादेवी खड्काले १२५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
Discussion about this post