७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

काँकरभिट्टा खानेपानीको अध्यक्षमा बुढाथोकी निर्वाचित

जेष्ठ २८, २०८१, ८:४५ .सोमवार
0
0
0
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter
अध्यक्षमा रोहित, उपाध्यक्षमा गोविन्द, सचिवमा विशाल, कोषाध्यक्षमा विमला निर्वाचित ।

मेचीनगर, २८ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक साझा प्यानलका रोहितकुमार बुढाथोकी अध्यक्षमा निर्वाचित भएका छन् ।

आज (सोमबार) विहान २ बजे सम्पन्न अन्तिम मतगणनाको परिणाम अनुसार अध्यक्षमा बुढाथोकीले एक हजार ९९१ मत ल्याइ निर्वाचित भएको निर्वाचन समिति संयोजक राजु कार्कीले जानकारी दिए ।

नेकपा एमालेबाट नेतृत्व गरेका प्रगतिशील समाजवादी साझा प्यानलका अध्यक्षका प्रतिस्पर्धी सन्तोष आचार्यले एक हजार ८०८ मत प्राप्त गरेका छन् ।

अध्यक्षमा आचार्य भन्दा १८३ मत बढी ल्याएर बुढाथोकी विजयी भएका हुन् । अर्का अध्यक्षमा रास्वपाका उम्मेद्वार सुदर्शन खड्का माइलाले ३४६ मत मात्र प्राप्त गरे ।

त्यसैगरी उपाध्यक्षमा एमालेका प्रगतिशील समाजवादी प्यानलका गोविन्द गिरीले सानदार मत ल्याएर विजयी भएका छन् । उनले दुई हजार २६२ मत ल्याई निर्वाचित भए ।

उपाध्यक्षमा माओवादी केन्द्रबाट नेतृत्व गरेका लोकतान्त्रिक प्यानलका राजकुमार दाहाल (राजु)ले एक हजार २१९ मत र रास्वपाका कृष्ण सुवेदीले ६३० मत मात्र प्राप्त गरे ।

सचिवमा नेपाली काँग्रेसको लोकतान्त्रिक प्यानलका विशाल तामाङ निर्वाचित भएका छन् । तामाङले एक हजार ७४५ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धीहरु जसपाबाट नेतृत्व गरेका प्रगतिशील समाजवादी प्यानलका दिलिपजंग सुब्बाले एक हजार ६६३ मत र रास्वपाका नरेन्द्र शिवाकोटीले ५९८ मत मात्र ल्याए ।

कोषाध्यक्षमा एमालेको प्रगतिशील समाजवादी प्यानलकी बिमला तामाङ निर्वाचित भइन् । तामाङले दुई हजार ६५ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी विमला देवकोटाले एक हजार ४६३ मत र रास्वपाकी सुधादेवी खड्काले ३९८ मत मात्र प्राप्त गरे ।

यता कार्यसमिति सदस्यहरुमा महिलातर्फ एमालेकी प्रगतिशील समाजवादीबाट इन्दीरा बुढाथोकी र जसपाबाट मीरा कार्की निर्वाचित भए । बुढाथोकीले एहक हजार ६६४ र कार्कीले एक हजार ५४६ मत ल्याएर विजयी भएका थिए ।

लोकतान्त्रिका माओवादी केन्द्रकी पवित्रा तिवारीको एक हजार ५१०, कांग्रेसकी लक्ष्मी कटुवाल थापाको ४४९, रास्वपाकी सुनिता सहनीको ३१५ मत मात्र प्राप्त भएको छ ।

त्यस्तै इकाई सदस्यतर्फ वडा नं. २, ३ र ४ बाट लोकतान्त्रिकबाट राप्रपाका इन्द्र प्रधानले एक ८८६ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिस्पर्धी प्रगतिशी समाजवादीबाट एमालेका तिर्थराज नेपालले एक हजार ५९० मत मात्र प्राप्त गरे ।

इकाई सदस्य वडा नं. ५ र ८ बाट लोकतान्त्रिकबाट काँग्रेसका केदारजंग भट्टराई एक हजार ४६० मत प्राप्त गरी निर्वाचित भए । प्रगतिशीलबाट एमालेका पर्शुराम निरौलाले एक हजार ३५९ र रास्वपाका राजकुमार गिरीले ९८८ मत मात्र प्राप्त गरे ।

इकाई सदस्य वडा नं. ६ र ७ बाट प्रगतिशीलबाट एमालेका डिल्लीकमार काफ्ले एक हजार ५८१ मत ल्याएर निर्वाचित भए । लोकतान्त्रिकबाट संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट पूर्णबहादुर लिम्बुले एक हजार ४१६ र रास्वपाका दिपेश तिवारीले ८५५ मत मात्र प्राप्त गरे ।

त्यसैगरी लेखा समितिको सबै पदमा प्रगतिशील समाजवादी प्यानलै जितेको छ । संयोजकमा एमालेबाट सोमराज ढकालले एक हजार ५०८ मत ल्याइ निर्वाचित भएका छन् ।

उनका प्रतिस्पर्धी लोकतान्त्रिबाट राप्रपाका किशोर शर्मा भण्डारीले एक हजार ४३४ र रास्वपाका भेषराज ओलीले ८११ मत मात्र प्राप्त गरे ।

प्रगतिशील समाजवादीबाट सदस्यमा जसपाका बालकुमार भुजेल र जोस्ना राजबंशी निर्वाचित भएका छन् । भुजेलले एक हजार ६६० र राजबंशीले एक हजार ७९९ मत ल्याइ विजयी भए । लोकतान्त्रिकबाट कांग्रेसबाट रीता घिमिरेले एक हजार ७२९, एकीकृत समाजवादीबाट विकास राउतले एक हजार २४८ र रास्वपाबाट प्रज्वल गौतमले ७५६ मत मात्र प्राप्त गरेका थिए ।

खानेपानीमा कुल मतदाता ६ हजार ६ सय ७४ जनामा शनिबार सम्पन्न मतदानमा चार हजार ९ सय २० मत मात्र खसेको संयोजक कार्कीले बताए । बदर मत ३१० रहेको छ ।

पछिल्लो समाचार

अध्यक्षमा रोहित बुढाथोकी ७६ मतले अगाडि

अघिल्लो समाचार

एसईईको नतिजा असार दोस्रो साता

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.