झापा, १ असार । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य फेरि घटाएको छ ।
निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।
घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । यसअघि निगमले निरन्तर दुई पटक मुल्य घटाएको छ ।
२ महिना यता मुल्य घटेर आएको छ । भारतबाट मुल्य घटेर आएपछि निगमले पनि मुल्य घटाउन बाध्य भएको छ ।
Discussion about this post