मेचीनगर, २ असार । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले पत्रकारसँग जनताले अपेक्षा गरेको बताएका छन् ।
मेचीनगर सञ्चार प्रतिष्ठानले सञ्चालन गरेको दुईदिने विकास पत्रकारिता तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर बुढाथोकीले जनतालाई सुसुचित गर्न पत्रकारको अहम भूमिका रहेको बताए ।
‘सूचनाको हक जनतासँग छ’, बुढाथोकीले भने –‘जनप्रतिनिधिलाई जिम्मेवार बनाउन सञ्चारमाध्यमको आवश्यक छ । त्यो कुरा जनताले पनि हेरिरहेका छन् । राम्रा–नराम्रा कामहरुको खोजी गरिदिन र सुझाव समेत दिन अनुरोध छ ।’
उनले भने–‘कमजोरीविहिन समाज काहिँ हुँदैन । हाम्रो मानसिकता हावी भइरहेको छ । सबै क्षेत्रमा कलम चलाउन आग्रह गर्दे समाज रुपान्तरणमा अग्रीणि भूमिका खेल्नुहोस् ।’
कार्यक्रममा मेयर बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशिक्षक ज्ञानेन्द्र निरौला, पत्रकार अम्बिका भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा तालिममा सहभागीका तर्फबाट प्रविण अधिकारी, मनिषा गौतम, नेहाल दर्जी र प्रिया तामाङले आफुहरुले सिकेको सिपलाई व्यवहारमा उतार्ने बताएका छन् ।
तालिममा मेचीनगरका ३० जना भन्दा बढी सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । आज समापनका दिन तालिममा सहभागीहरुलाई अग्रज पत्रकार जीएन शर्माले प्रशिक्षण दिएका थिए ।
मेचीनगर सञ्चार प्रतिष्ठानका अध्यक्ष शिशिर चम्लगाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य सचिव प्रकाश पौडेलले गरेका थिए ।
Discussion about this post