काँकरभिट्टा, ३ असार । जनमुखी बजेट ल्याउन मेचीनगर नगरपालिकाले राजनीतिक दलका प्रमुख र सरोकारवालाहरुसँग छलफल थालेको छ ।
नगरपालिकाले केहिदिन यता जनता लक्षित स्थानीय तहको बजेट ल्याउन स्थानीय राजनीतिक दलका प्रतिनिधि र प्रमुख तथा विभिन्न सरोकारवालाहरूसँग छलफल चलाएको हो ।
मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती लगायत जनप्रतिनिधिहरु रहेको समितिले आगामी आर्थिक बर्ष २०८१÷०८२ को बजेट कस्तो बन्नुपर्छ भन्ने विषयमा राय, सल्लाह र सुझावसहितको छलफल गरिरहेको छ ।
अबको बजेट कस्तो बन्नुपर्छ भन्ने विषयमा नगरका सबै राजनीतिक दलका प्रमुख, सामुदायिक, संस्थागत विद्यालयका प्रधानाध्यापक, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष, सामुदायिक क्याम्पसका प्रमुखहरूसँग छलफल गरेको छ ।
नगरका सक्रिय राजनीति दलका प्रमुख, लक्षित समुह (महिला, बालबालिका, आदिवासि, जनजाति, दलित, अपाङ, लगायतका क्षेत्रमा कार्य गर्ने संघ–संस्थाका अध्यक्षहरुसँग छलफल सम्पन्न गरिसकेको नगरपालिकाले जनाएको छ ।
यसपटक मेचीनगरमा करिव २ अर्बको बजेट आउने तयारी भइरहेको बुझिएको छ । गतवर्ष १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँको बजेट थियो ।
Discussion about this post