सुरूङ्गा, ९ असार । झापाका अग्रज पत्रकार मोहन काजी ‘हेमकला-टिकाराम निराैला वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका छन् ।
रोटरी क्लब अफ सुरुङ्गाले आफ्नो स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष झापाका एक जना सञ्चारकर्मीलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।
शनिवार साँझ सुरुङ्गाको होटल डिलाइटमा आयोजित सातौं रोटरी स्थापना दिवसको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रममा लाेकतन्त्र पाेष्टका सम्पादक काजीलाई उक्त सम्मान दिइएको थियो ।
कनकाई नगरपालिकाका मेयर राजेन्द्रप्रसाद पाेखरेल, उपमेयर आशा शर्मा शिवाकोटी, रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शिव कँडेल, पुरस्कारका अक्षयकोष दाता राम निरौला लगायतले पत्रकार काजीलाई सम्मान गर्दै दोसल्ला, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।
कनकाई नगरपालिकाका मेयर पोखरेल, उपमेयर शिवाकोटी, रोटरीका डिस्ट्रिक असिस्टेन्ट गभर्नर सन्दिप दिपु चापागाई, रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष शिव कँडेल, क्लबका संस्थापक अध्यक्ष एलपी उप्रेती, पूर्व अध्यक्ष खेमप्रसाद प्रसाई, पुरस्कार अक्षयकोषका संस्थापक राम निरौला लगायतले पत्रकारिता, सामाजिक रुपान्तरण र लोकतान्त्रिक आन्दोलनमा सम्पादक काजीले पुर्याउनु भएको योगदानको चर्चा गरेका थिए ।
उनीहरुले रोटरी क्लब अफ सुरुङ्गाका सदस्यहरुले गाँस कटाएर जम्मा गरेको रकमले सामाजिक र मानवीय सेवाको क्षेत्रमा गरेको उल्लेखनीय सहयोग उदाहरणीय भएको बताए ।
कनकाई खबर साप्ताहिक तथा कनकाई खबर अनलाइनका सम्पादक राम निरौलाले आफ्ना माता–पिताको नाममा अक्षयकोष स्थापना गरेर तीन वर्षअघिदेखि ‘हेमकला–टिकाराम रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार’को स्थापना गरेका हुन् ।
रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष शिव कडेलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे स्वागत पूर्व अध्यक्ष खेमराज प्रसाई र सञ्चालन उपाध्यक्ष सरला दाहाल पाेखरेलले गरेकी थिइन् ।
Discussion about this post