झापा, १३ असार । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०)ले लिएको माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षामा कोशी प्रदेशका ३६ हजार ९३ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।
आज विहान राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०)ले उक्त विद्यार्थीहरुको एसईईको नतिजा सार्वजनिक गरेको हो ।
कोशी प्रदेशमा ७५ हजार ९८८ जना विद्यार्थीहरु सहभागी भएका थिए । जसमध्ये ३९ हजार ८९५ जना विद्यार्थी कक्षा ११ पढ्न अयोग्य भएका छन् ।
परीक्षा नियन्त्रकको कार्यालयले कोशी प्रदेशमा ३६ हजार ९३ जना विद्यार्थी मात्र उत्तीर्ण भएको सार्वजनिक गरेको छ ।
गत चैत १५ गतेदेखि २२ गतेसम्म भएको परीक्षामा देशभरबाट ४७.८६ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् ।
एसईई परीक्षामा विद्यार्थी ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । जसमा कक्षा ११ पढ्न पाउने गरी २ लाख ४२ हजार ९२ जनामात्रै उत्तीर्ण भएका हुन् ।
Discussion about this post