बाहुनडाँगी, १३ असार । मेचीनगरमा फेरि अर्को हात्ती पनि मृत फेला भेटिएको छ ।
आज मेचीनगर–३ स्थित सुकेनिन्दा खोलाको किनारमा मरेको अवस्थामा हात्ती भेटिएको हो । स्थानीयले विहान ७ बजेतिर भाले हात्ती मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
इलाका वन कार्यालय धाइजनबाट फिल्ड अफिसर कर्ण विश्वकर्माको नेतृत्वमा डिभिजन वन कार्यालय झापाको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।
स्थानीयबासीले मरेको हात्तीलाई अगरबत्ती र फूलमालाले पूजापाठ गरेका थिए । हात्तीको पोस्टमार्टम जाँचका लागि कोशी टप्पु वन्यजन्तु आरक्षबाट विज्ञ टोलीलाई झिकाइएको बताइएको छ ।
मेचीनगर–१२ स्थित कालिका सामुदायिक वन उपभोक्ता समुहमा दुई महिनाअघि भाले हात्ती पनि मृत भेटिएको थियो । त्यसबेला फेला परेको हात्तीको दुईटै दाह्रा अज्ञात समूहले काटेर लगेको थियो ।




Discussion about this post