१२ असार २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

चप्पलमै दौडिने सफलले पाए जुत्ता र जर्सी

असार २४, २०८१, २:०३ .सोमवार
0
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

झापा, २४ असार । दौडिने हुटहुटी भएर प्रतियोगितामा भाग लिए पनि जुत्ता अभावमा समस्या भोगिरहेका सफल राईलाई झापाबाट सहयोग जुटेको छ ।

भोजपुरको रामप्रसाद राई गाउँपालिकाका–७ का १३ वर्षीय सफल राईको अभाव र समस्याबारे झापा टुडेमा समाचार प्रकाशन भएपछि झापाली समाजसेवी दाताहरुले उनलाई सहयोग गरेका हुन् ।

एथलेटिक्समा औधी रुचि भएका नवोदित खेलाडी सफललाई बुधबारेको बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईं र सहारा नेपाल साकोसका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले सहयोग गरेका हुन् ।

पूर्वधावक समेत रहेका प्रसाईं र बेलायतबाट छुट्टीमा घर आएकी उनकी छोरी आश्रा प्रसाईंले सफललाई बुधबारेमा एक कार्यक्रमका बीच व्यावसायिक रनिङ सुज, हाफपेन्ट र टिसर्ट एक सेट प्रदान गरे । आश्रा समेत बेलायतमा एथलेटिक्सकी खेलाडी हुन् ।

त्यस्तै, चारपानेस्थित सहाराको कार्यालयमा प्रमुख कार्यकारी गिरीले व्यावसायिक रनिङ सुज, हाफपेन्ट र टिसर्ट एक सेट सफललाई प्रदान गरे । सफललाई झापाका अग्रज साइकल अभियन्ता बुधबारेका पूर्ण गौली अभ्यास जुत्ता, हाफपेन्ट र टिसर्ट प्रदान गरे भने बिर्तामोडको जोया ब्रान्डले दुई सेट जर्सी प्रदान गर्यो ।

अभावका बीच पनि सानै उमेरमा खुला दौडमा सहभागी भइरहेका उनी अधिकांश प्रतियोगितामा चप्पलमै दौडिन बाध्य थिए ।
आर्थिक रूपमा विपन्न सफल जुत्ता किन्ने पैसा नहुँदा असार २१ गते चप्पलमै झापा दमकदेखि केर्खास्थित सहिद गेटसम्मको १० किलोमिटर दूरी पार गरेका थिए ।

खुला दौड प्रतियोगितामा पुरुषतर्फ सहभागीमध्येकै सबैभन्दा कान्छा प्रतिस्पर्धी उनले ४० मिनेटमा दौड पूरा गरेका थिए । सफललाई भोजपुरमा राखेर प्रशिक्षक प्रशान्त राईले दौडकला सिकाउँदै आएका छन् । तीन महिनाको हुँदा उनको आमाको निधन भएको थियो ।

भोजपुरमा सिंहश्वरी माविमा कक्षा ७ मा अध्ययनरत् सफललाई झापा टुडेले खेल सामग्री जुटाइदिएकोमा सफल र उनका प्रशिक्षक प्रशान्तले धन्यवाद दिए । झापाबाट सफललाई ३० हजार रुपैयाँभन्दा बढीको खेल सामग्री प्राप्त भएको हो ।

पछिल्लो समाचार

सार्वजनिक सुनुवाई कार्यक्रम असार २७ गते

अघिल्लो समाचार

सर्प उद्वारकर्मी कार्की अस्पतालबाट डिस्चार्ज

Related Posts

प्रधानमन्त्रीलाई पुग्ने गरी हात्ती पीडितले सीडीओलाई बुझाए १२ हजार हस्ताक्षर
banner

प्रधानमन्त्रीलाई पुग्ने गरी हात्ती पीडितले सीडीओलाई बुझाए १२ हजार हस्ताक्षर

असार १०, २०८३, १:५१ .बुधबार
विद्यार्थीलाई लागूऔषध दुव्र्यसन विरुद्ध सचेतना
box -2

विद्यार्थीलाई लागूऔषध दुव्र्यसन विरुद्ध सचेतना

असार ८, २०८३, १२:३४ .सोमवार
झापामा ´डाउन सिन्ड्रोम सोसाइटी` गठन, अध्यक्षमा खड्का
banner -2

झापामा ´डाउन सिन्ड्रोम सोसाइटी` गठन, अध्यक्षमा खड्का

असार ८, २०८३, ५:५४ .सोमवार
बाहुनडाँगीका स्थानीय भन्छन्-´सरकार हात्तीलाई रवरकाे गाेली हान`
banner -1

बाहुनडाँगीका स्थानीय भन्छन्-´सरकार हात्तीलाई रवरकाे गाेली हान`

असार ८, २०८३, ३:१२ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.